2026-07-24 11:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सचिवालय बैठकमा खनालद्वारा नेपालको चर्को आलोचना

फागुन १०, काठमाडौँ । आइतबार बिहान सत्तारूढ चार दलका शीर्ष चार नेताहरूबीच भएको छलफलमा एमसीसी अनुमोदनका लागि संसद्मा टेबल गर्न दिने सहमति भयो । शीर्ष चार नेतामध्ये एक जना हुन् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ।

सत्तारूढ चार दलका शीर्ष चार नेताहरूबीच भएको छलफलमा एमसीसी अनुमोदनका लागि संसद्मा टेबल गर्न दिने सहमतिपछि सरकारका तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्मा टेबल गरे ।

पार्टी अध्यक्ष नेपालकै सहमतिमा टेबल भएको एमसीसीलाई लिएर सोही पार्टीका सम्मानित नेता झलनाथ खनालले भने संसद् बैठकमै विरोध गरे ।

संसद्मा एमसीसी पेस गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता खनालले एउटा आर्थिक सम्झौताको विषयलाई लिएर देश र संसद् नै विभाजित भएको भन्दै पार्टीभित्र एमसीसी सम्झौता संसद्मा टेबल गर्न दिने विषयमा निर्णय नभएकोसमेत जिकिर गरे । साथै उनले महाशक्तिसँग झुकेर करार सम्झौतालाई पेस गरिएको आरोपसमेत लगाए ।

एसमीसीलाई लिएर सत्ताको एउटा घटक एकीकृत समाजवादीभित्र विवादले चर्कोरूप लिएपछि सोमबार बोलाइएको सचिवालय बैठकले भने एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादी स्रोतका अनुसार सचिवालय बैठक केही समयका लागि स्थगित गरी अध्यक्ष नेपाल र नेता खनालले ‘वान टु वान’ छलफल गरेका थिए । चर्कोरूपमा एमसीसीको विरोध गर्दै आएका खनालले सत्तारूढ गठबन्धनको बैठकमा टेबुल गर्न सहमति किन दिएको भन्दै अध्यक्ष नेपालसँग प्रश्नसमेत गरेका थिए ।

जवाफमा अध्यक्ष नेपालले टेबल गर्न दिए पनि पार्टी निर्णयअनुसार त्यसको विपक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका थिए । एमसीसीप्रति अध्यक्ष नेपाल नरम भएकोमा समेत नेता खनालले गुनासो गरेका थिए । नेपाल र खनालको छलफलपछि सो पार्टीले पुनः एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक