१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसिसीको तानातान बिच पश्चिमी देशका दूतावास किन भित्रिए लैनचौर ?

११ फाल्गुन २०७८, बुधबार ०७:०७

फागुन ११, काठमाडौँ । हिजो बिहान काठमाडौंस्थित पश्चिमा राष्ट्रका कूटनीतिज्ञहरुको आकस्मिक जमघटले नयाँ परिस्थितिको संकेत गरेको छ । बिकास,अन्तर्राष्ट्रिय सहयोग र प्रजातन्त्रका नाममा हुने यस्ता भेला कोविरुध्द लक्ष्यित होला,अनुमान लगाउन गाह्रो छैन । उक्त जमघटको नेतृत्व भने बेलायती राजदूतावासले गरेको हो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा टेबुल भएको र भोलिको संसद बैठकबाट अघि बढाउने घनिभूत तयारी भइरहँदा आयोजित पश्चिमा कूटनीतिज्ञहरुको भेलालाई अर्थपूर्ण मानिएको छ । लैनचौरस्थित बेलायती दूतावासमा हिजो बिहान १० बजेदेखि झण्डै साढे दुई घण्टा उनीहरुबीच सहभोजन र गहन छलफल भएको परराष्ट्र स्रोतले पुष्टि गरेको छ ।

छलफलमा अमेरिकी राजदूत र्याण्डी बेरी,युरोपियन युनियनकी राजदूत नोना डेप्रज,स्विटजरल्याण्डकी राजदुत एलिजाबेथ भोन क्याप्लर, नर्वेजियन राजदूत टोरुन ड्रम्डल, अष्ट्रेलियन राजदूत पीटर बड, संयुक्त राष्ट्रसंघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्ती,जर्मन दूतावासका डिसिएमलगायत १० वटा कूटनीतिक निकायको प्रतिनिधित्व रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार