१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी छलफल हुने बैठक भोलिसम्मका लागि स्थगित

१२ फाल्गुन २०७८, बिहीबार ०८:२७

फागुन १२, काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ। अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमाथि छलफल हुने कार्यसूची भए पनि सहमतिका लागि भन्दै भोलिसम्मका लागि बैठक स्थगित भएको हो। प्रतिनिधिसभाको अर्को बैठक भोलि १ बजे बस्ने तय भएको छ।

सत्तारुढ र प्रतिपक्ष दलहरुसँग सहमतिको प्रयास भइरहेको भन्दै सरकार पक्षले नै कार्यव्यवस्था समितिमा आजको बैठक रोक्न प्रस्ताव राखेको थियो। प्रधानमन्त्री शेरबहादुरको देउवाको आग्रहमा आजको बैठक स्थगित भएको हो। 

फागुन ८ गते प्रतिनिधि सभामा एमसीसी टेबल भएको थियो। आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका थिए। उक्त भेटमा प्रचण्डले केही समय देउवालाई धैर्य गर्न आग्रह गरेको बताइन्छ।

त्यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि प्रचण्डको भेट भएको थियो। माओवादी र समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेका छन् भने कांग्रेसले पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। देउवाले पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गर्नका लागि संवादलाई तिब्र बनाएका छन्। मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार बोलाएर देउवाले भेटेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार