१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कांग्रेसको चितवन जिल्ला अधिवेशन आजदेखि सुरु

१९ फाल्गुन २०७८, बिहीबार ०६:२४

फागुन १९, चितवन । नेपाल कांग्रेस चितवनको जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ ।अधिवेशनअन्तर्गत हुने निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाका पक्षबाट बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ तथा शेखर कोइरालाका पक्षबाट डा सूर्यकान्त घिमिरे, उत्तम जोशी, विजय भुषाल र राजेश्वर खनालले सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

यसैगरी कैलाश कोइरालाले साझा उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी भएको जिकिर  गर्दै आउनुभएको छ । उहाँहरुबीच सहमति गराउन बुधबारदेखि नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी जुटिरहनु भएको छ । जिल्लाका नेता र उम्मेदवारलाई समूहगत र एकल भेट्दै आउनुभएका केसीले पहिलो चरणमा मिल्ने सम्भावना कम रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो “पहिलो चरणमा साथीहरु मिल्ने देखिएन, दोस्रो चरणमा आफ्ना समूहका उम्मेदवारलाई सहयोग गर्ने वातावरण बनेको छ ।” आज मनोनयनसँगै शुक्रबार निर्वाचन हुँदैछ । पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत कुनै उम्मेदवारले ल्याउन नसकेमा दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार