2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको आग्रह : पार्टीबाट अगल हुने कुरा नगर्नुस्

फागुन १९, काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसिसी) व्याख्यात्मक घोषणासहित अनुमोदनका पक्षमा उभिएपछि नेकपा (माओवादी केन्द्र) भित्रको विवाद उत्कर्षमा पुगेको छ।पार्टीका शीर्ष नेताहरुले असन्तुष्टि राख्दै गर्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमतले पेलेर निर्णय गरेपछि विवादले उग्र रुप लिएको हो।

तर, एमसिसीबारे निर्णय गर्न बोलाइएको पूर्वस्थायी कमिटीको बैठकमै नेता नारायणकाजी श्रेष्ठसहित पूर्व एकताकेन्द्र लाइनका नेताहरुले असहमति राखेका थिए। उनले परिमार्जनसहित एमसिसी पारित गर्नुपर्ने बताउँदै आएका थिए। संसद्ले व्याख्यात्मक घोषणासहित एमसिसी पारित गरेपछि श्रेष्ठले सार्वजनिक रूपमा नै आफ्नो विमति राख्दै आएका छन्।

श्रेष्ठ पक्षका नेताहरू पनि एमसिसीको विषयमा असन्तुष्ट छन्। केही नेताहरूले पार्टीमा बसिराख्न नसकिने धारणासमेत राख्दै आएका छन्।

स्रोतका अनुसार आज बिहानको छलफलमा प्रचण्डले विमतिहरू पार्टीको केन्द्रीय समितिमा छलफल गर्न सकिने बताएका थिए। शुक्रबार माओवादीको केन्द्रीय समिति बैठक बस्दै छ। ‘विमतिहरू केन्द्रीय समितिमा छलफल गरौँ। पार्टीबाट अलग हुने कुरा जायज होइन। नमिलेका विषयमा छलफल गरेर समाधान निकालौ,’ श्रेष्ठलाई प्रचण्डले गरेको आग्रह उदृत गर्दै स्रोतले भन्यो। 

एमसिसी अनुमोदन भएपछि आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले श्रेष्ठप्रति इंगित गर्दै पार्टीबाट अलग हुन सक्ने बताएका थिए। यसअघि प्रचण्ड श्रेष्ठनिवास हात्तीवन पुगेर एमसिसीको विषयमा विमति भए पनि पार्टीबाट अगल नहुन आग्रह गरेका थिए।

श्रेष्ठले बुधबार नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग समेत भेट गरेका थिए । आज खुमलटारमा दुई नेता छलफलपछि सरकार सञ्चालनसम्बन्धी राजनीतिक संयन्त्रको बैठकमा सहमागी हुन भने सँगै पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक