2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको इतिहासमा राष्ट्रिय मेलमिलाप नीति बिर्सन नसकिने अध्याय हो : वरिष्ठ नेता खनाल

फागुन ३०, काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको राजनीतिक जीवनी यात्रामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिएको छ ।

सुशील कोइराला मेमोरियल फाउन्डेशन र अन्वेषण न्युज डट कमको सहकार्यमा निर्माण गरिएको उक्त वृत्तचित्रमा मुलुकमा प्रजातन्त्र स्थापनाका खातिर विपीले लिनुभएको राष्ट्रिय मेलमिलापको नीति, सहासिक निर्णय, राजनीतिक जीवन र त्यसबेलाका घटनाक्रम समेटिएका छन् ।

 सुन्दरीजल बन्दीगृहमा रहेका बेला तत्कालीन राजासँग भएको भेटवार्ता, भारत निर्वासनमा रहँदा प्रजातन्त्रका लागि अघि सारिएका कदम, आन्दोलन, भारतीय नेतासँगका छलफल र सामीप्यतासम्बन्धी विषय पनि वृत्तचित्रमा समावेश छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा विपीको योगदानका सम्बन्धमा  नेपाली कांग्रेसका नेतात्रय कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट,  कोइराला र गणेशमानसिंह परिवार, पूर्वअञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ मुटुरोग विशेषज्ञ मृगेन्द्रराज पाण्डे, पेट रोगसम्बन्धी विशेषज्ञ मधु घिमिरे लगायतका स्मरण पनि सो वृत्तचित्रमा राखिएको छ ।

वृत्तचित्रमा विपीलाई लागेको ‘राजद्रोह’ मुद्दाको निर्णय सुनाउने न्यायाधीशका विचारसहितको अन्तरकथा पनि छाँयाङ्कन गरिएको छ । ‘राजद्रोही राजनेता’ वृत्तचित्र हेरेपछि सञ्चारकर्मीको जिज्ञासामा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रियतामा खतरा बढिरहेका बेला नेपालका  लोकतान्त्रिक राजनीतिक शक्तिबीच एकताको बोध गरी विपीले लिनुभएको निर्णय लोकतन्त्रका लागि साहसिक कदम  भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको त्यसबेलाको राजनीतिक सेरोफेरोमा रही वृत्तचित्र बनेको छ । नेपालमा त्यसबेला विपीले लिनुभएको कदम इतिहासमा बिर्सन नसकिने अध्याय हो ।”

सुशील कोइराला मेमोरियल फाउन्डेशनका सदस्य सचिव  अतुल कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिई विसं २०३३ मा स्वदेश फर्किएपछि विसं २०३७ को जनमत सङ्ग्रहसम्मका मूलभूत राजनीतिक घटनाक्रमसहितका विषयवस्तु वृत्तचित्रमा समेटिएको जानकारी दिनुभयो । इतिहासको संरक्षणका लागि अन्वेषण अभियानअन्तर्गत अन्य वृत्तचित्र निर्माण प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । अन्वेषण न्यूज डटकमका प्रधानसम्पादक जगत नेपालले नेपालको प्रजातन्त्रिक आन्दोलनका विषयमा अध्ययन, अनुसन्धान र विश्लेषण अघि बढाउने सहमतिअनुरुप राजद्रोही राजनेता नामक वृत्तचित्र निर्माण गरिएको बताउनुभयो । वृत्तचित्र हेर्न नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम फाउण्डेशनका अध्यक्ष सशाङ्क कोइराला, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडू, विभिन्न पार्टीका नेता, सांसद तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक