2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कलाकारितामार्फत गाउँवस्ती ब्युँझाउने अन्जनाको ‘पिर’, कसरी भइन् माओवादी ?

जितेन्द्र थापा । चैत ४, सुर्खेत ।

जंगल धाउने चेलीहरू हिमाल चढ्ने आँट गर 

बच्चा पाउने मेसिन होइन संर्घषशील नारी बन

आधा संसार यो धर्ती हाम्रै हो चिन्ता नगर 

सुन्दर तिम्रा पौरखी हात देशका निम्ति अर्पी हिँड

चुलो चौको होइन अब बम बारुदका झोला भिर 

आधा संसार यो धर्ती हामै्र हो चिन्ता नगर 

कुनै बेला यस्तै यस्तै गीत गाउँघरमा निकै घन्किन्थे । अहिले पनि बेलाबेला रेडियोबाट गाउँवस्तीका कुना कन्धरा गुन्जाएमान हुन्छन् । १ फागुन २०५२ बाट सुरु भएको माओवादी युद्ध दश वर्षसम्म चल्यो । दश वर्षे माओवादी युद्ध चल्दा जंगल धाउने र चुलो चौकोमा सीमित रहेका चेलीहरू युद्धमा होमिए । युद्धमै होमिएका कोही चेली सडकदेखि सदनसम्म पुगे । कोही सगरमाथाको चुुचुरोमा पुगे । तर, कोही चेलीहरू अहिले पनि युद्धमा होमिएकी चेली चुलो चौको र वनजंगलमा सीमित छन् ।

जाजरकोटकी जनकलाकार सरिता बोहोरा (माया)ले गाएको ‘जंगल धाउने चेलीहरू हिमाल चढने आँट गर, बच्चा पाउने मेसिन होइन संघर्षशील नारी बन’ यो गीतले निकै चर्चा बटुलेको थियो । जंगल र चुलो चौकोमा सीमित नारीहरूलाई युद्धमा संगठित गरेको थियो । यी गीतहरूको अहिले पनि उत्तिकै चर्चा हुने गर्छ । अहिले पनि यी गीतहरू कर्णालीसँगै देशका अन्य भूभाग, रनवनदेखि गाउँघरका कुना काप्चामा घन्किन्छन् । अत्यन्त चर्चित लोकप्रिय यी गीतहरूमा वर्ग संघर्षका पीडा र खुम्चिएका भावहरू यति मार्मिक ढंगले अभिव्यक्त भएका छन् । यी गीतहरूका धुन र भावले शरीरमा नयाँ क्रान्तिको जोश आउँछ । 

युद्धमा कोही कर्णाली नदी तर्दातर्दै सहिद भए त कोही अरुण र तमोर तर्दातर्दै सहिद भए । आफन्त साथीभाइ गुमाएर पनि माओवादीले वीरताको गीत गाएरै छोडे । त्यही मध्यको वर्ग संर्घषका पीडा र खुम्चिएका भावहरू पोख्ने माओवादी युद्धमा होमिएकी एक चर्चित अनुहार हुन्, दैलेखको भैरवी गाउँपालिका–७ कि अन्जना खड्का (आशा) । सर्वहारा वर्ग गरिब निमुखाको राज्य सत्ता स्थापना गर्न भन्दै १६ चैत २०५९मा माओवादीको कलाकारको टिममार्फत गाउँवस्ती ब्युझाउने गरी काम गरेको बताउँछिन् । गीतबाटै देशलाई परिर्वतन गर्छु । जंगल धाउने चेलीहरूलाई चुलाचौका मात्र होइन हिमाल चढ्न र अन्यायविरुद्ध बुलन्द आवाज उठाउन एकताबद्ध गर्दै अघि बढ्छु भन्दै २०५९ सालमा युद्धमा होमिएकी खड्काको अवस्था पहिलेभन्दा फरक छ  । युद्धका बेला माओवादीको सांस्कृतिक कार्यक्रममा स्टेज तताउने र जंगल धाउने चुलोचौको गर्ने चेलीहरू अन्यायविरुद्ध आवाज बुलन्द गर्नुपर्छ भन्ने उनी अहिले आफै चुलोचौकोमा सीमित छन्  ।  

कलाकार सरिताले भनेका गीतका भावहरूमा गीतमा भनेझैँ जंगल धाउने चेलीहरू अब जंगलमा र चुलोचौकोमा मात्र सीमित नरहेर हिमाल चढ्न सिकाउँदै गाउँदेखि सहरसम्म माओवादीको लहर चल्यो । गाउँदेखि सहरसम्म गीतसंगीतको माध्यामबाट माओवादीमा संगठित गर्ने अन्जना अहिले अपरिचित र अन्जान जस्तै भएकी छन् । युद्धताका बेला पार्टीले आयोजना गरेका सांस्कृतिक कार्यक्रममा नेताका भाषण नरुचाउने समाजमा अन्जनाको सांगीतिक प्रस्तुतीले स्टेज नै तातिन्थ्यो । अन्जनाले गाएको गीत सुन्नलाई मात्र कयौँ दर्शकहरूको भिड हुन्थ्योे । तर, आज उनलाई कोही सुन्दैनन् ।  

कसरी भइन् माओवादी ?


अन्जनाको सानैमा कलाकार बन्ने ठूलो रुची थियो । विद्यालयमा पनि उनले गीत गाएर थुप्रै पुरस्काररु जित्ने गर्थिन् । विद्यालयमा पढ्दापढ्दै विद्यालयमा गीत गाउँथिन् । विद्यालयदेखि नै उनी आफ्नो ठाउँ वरपरका जुनसुकै ठाउँका कार्यक्रमहरूमा जान भ्याउँथिन् ।  अध्ययनमा पनि उत्कृष्ट, गीत गाउन पनि उत्तिकै उत्कृष्ट भएपछि अध्ययन गर्न भन्दै काकासँग बुटवल गइन् ।    बुटवल पुगेर पनि उनको पढाइभन्दा धेरै रूचि गीसंगीतमै थियो । बुटवल पुगेर पनि उनी कोठामा र पढाइमा सीमित रहन सकिनन् । ‘खाने मुखलाई जुँगाले छेकदैन’ भनेझैँ उनको गीत गाउने उनको इच्छालाई कसैले रोक्न सकेन । अंकलसँगै बागीनामा जाने निर्णय गरिन् ।  बागिना समूहमा पुगेर पनि त्यहाँका गुरुहरूको मन जितिन् । 

२०५८ सालमा घर दैलेख दुल्लु फर्किन् । उनलाई बिहेका लागि घर बोलाइएको थियो ।  घरमा पुगेपछि आमाबुबाले गाउँकै आर्मी केटासँग (ठेकी) मग्नी लगाइसक्नुभएको रहेछ । एक्कासि यस्तो खबर सुन्दा अन्जनालाई छाँगाबाट 

खसेझैं भयो । त्यो खबर घरमा पुगेपछि मात्र थाह पाएकी थिइन् । उमेर सानै थियो । बिहे गर्ने उमेर भएको थिएन ।

अन्जनाको ठूलो सपना थियो, गीत गाएर ठूलो गायिका बन्ने । बिहे नगर्ने निर्णयमा पुगेर गायिका बन्ने सपनाको पोको पारेर उनी घरबाट भागिन् । घरदेखि गएको दश दिन लगाएर दैलेखको महाबु लेख हुँदै कालीकोट, जुम्ला, मुगु, हुँदै पैदल हिँडेर हुम्ला पुगिन् । हुम्ला पुगेर कलाकारको टिममा जोडिएकी थिइन् । हुम्लामा ६ महिना बसेर विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भइन् । हुम्ला बसाइको क्रममा गीत गाएर कयौँपटक गीत गाएर पुरस्कारसम्म जितिन् । त्यसपछि हुम्ला बसाइपछि बिमल बोगटीको लगानीमा नेपालगन्ज पुगेर कर्णाली भेरीका छाल गीत रेकर्ड गरियो । 

युद्धमा होमिएका बेला चुलोचौकोमा सीमित रहेकी कलाकार अन्जना खड्काले थुप्रै गीत गाएकी छिन् । ‘रातो झण्डा फहरायो गणतन्त्रको लहर आयो’जस्ता उनका गीतहरू अहिले पनि सुन्ने स्रोताको शरीरमा काँडा उम्रिन्छन् ।   

लडाइँका मैदानबाट कर्णाली भेरीका छाल 

युद्धमा होमिएकी अन्जनाको हुम्लामा ६ महिना बसाइ भयो । ६ महिनाको समयमा हुम्लामा बसेर माओवादीसँगै हुम्लावासी जनताको मनमा गीत गाएरै बस्न सफल भइन् । अन्जनाले गाएको गीत सुनेर मात्र माओवादीमा संगति हुनेको लहर नै चल्यो । हुम्ला बसाइको क्रममै गीत रेकर्ड गर्ने योजना बन्यो । गीत रेकर्ड गर्न हुम्लादेखि बिमल बोगटी, योगेन्द्र थापा,  अन्जना खड्कासहितको टिम नेपालगन्ज पुग्यो । सोही क्रममा ‘कर्णाली भेरीका छाल’ गीत रेकर्ड गरियो । 

अन्जना खड्कालाई युद्धको त्यो पल सम्झिँदा अहिले कथाजस्तै लाग्छ । घण्टौँघण्टासम्मको पैदल यात्रा विभिन्न किसिमका दुःख कष्टहरू सम्झिँदा अहिले एकादेशको कथा जस्तै लाग्छ । त्यो बेला ठूलो टिममा हिँड्डुल गर्न पाउँदा निकै खुसी लाग्थ्यो । ‘हामीले यो युद्ध लडेपछि साँच्चिकै गरिब निमुखा सर्वहारा वर्गको राज्यसत्ता स्थापना हुनेछ । जसमा म पनि त्यो राज्यसत्ताको एक कुशल जनयुद्धको कलाकार हुनेछु भन्ने लाग्थ्यो । दश वर्षसम्म जनयुद्धमा होमिएर नत सफल कलाकार नै हुन सकेँ । नत सुखसँग बस्न नै । पहिलेको त्यो पल सम्झिँदा अहिले आत्मग्लानी भएर आउँछ,’ उनी भन्छिन् । 

कलाकारलाई माओवादीले नै हेप्यो

एक समय थियो, दश वर्षे युद्धका बेला सांस्कृतिक कार्यक्रम आयोजना गरिएको ठाउँमा नेताहरूका भाषण सुन्न छोडेर कलाकारका गीत सुन्नेको ताँती नै लाग्थ्यो । तर, अहिले तिनै कलाकारहरू ओझेलमा छन् । युद्ध लडेको भन्दै माओवादीका सेना कमान्डरलाई राहत दियो । तर, कलाकारलाई भने उही पीडा र अभावबाहेक अरु केही दिएन । युद्धमा होमिएका कलाकार अन्जना खड्का त एक प्रतिनिधि  पात्र मात्र हुन् । उनीजस्तै कयौँ कलाकार मानसिक पीडामा छटपटिएका छन् । उनीहरूजस्तै कलाकारले गर्दा गीतबाटै प्रभावित भएरै कयौँ माओवादीमा संगठित भएका थिए । तर, पछिल्लो समय माओवादी पार्टी जन्माउने कलाकारहरू ओझेलमा छन् । ‘युद्ध लडेका सेनाले राहत पाए । कलाकारले न त सम्मान, न राहत नै पाए । हामी कलाकारको जीवन अस्तव्यस्त छ । जनयुद्धमा होमिँदाको क्षणमा तपाईहरूले पढ्नुपर्दैन सर्टिफिकेट हामी बनाइदिन्छौँ भने । तर, अहिले अवस्था नाजुक बन्यो,’ अन्जना बताउँछिन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक