2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिमस्टेकमा प्रधानमन्त्री भर्चुल माध्यमबाट सहभागी हुनुहुने

चैत ७, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १६ मा श्रीलङ्कामा हुने पाँचौ बिमस्टेक शिखर सम्मेलनमा भर्चुल माध्यमबाट सहभागिता जनाउनु हुने भएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका ज्ञानेन्द्रबहादुर कार्कीले बिमस्टेक मन्त्रीस्तरीय बैठक र बिमस्टेक परराष्ट्र सचिव÷वरिष्ठ पदाधिकारी बैठकमा क्रमशः परराष्ट्रमन्त्री, परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलले सहभागिता जनाउन नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

बैठकले पाँचौँ बिमस्टेक शिखर सम्मेलनमा बिमस्टेक बडापत्रलगायत अन्य दस्तावेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७९/८० मा प्रदेश र स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँडको ढाँचा हिस्सा तथा वित्तीय समानिकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकले नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिडेटको महाप्रबन्धकमा प्रेमराज भण्डारी र विद्युत् नियमन आयोगको रिक्त सदस्यमा गौतम डङ्गोललाई नियुक्त गरेको छ । ‘हाइलेज एक्स्पोर्ट फ्रम नेपाल टु चाइना’ सम्बन्धी समझदारीपत्रमा चीनसँग सम्झौता गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरिएको सरकारका प्रवक्ता कार्कीले बताउनुभयो ।

खानेपानी मन्त्रालय अन्तर्गत निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गर्ने र प्रहरी १०औँ संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको मन्त्रिपरिषद्ले आगामी जेठ १९ देखि २० गतेसम्म स्वीडेनको स्टकहोममा हुने कार्यक्रमका साथै यही चैत १४ गते दुवईमा हुने जलवायुसम्बन्धी कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायतलाई स्वीकृति दिएको छ । 

यही चैत १० देखि १३ सम्म भारतको हैदरावादमा आयोजना हुने ‘विङ्स इण्डिया’ नामक कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई स्वीकृति दिएको बैठकले यही चैत ७ मा युएन ह्याविटेटद्वारा आयोजित सहरी विकाससम्बन्धी बैठकमा भर्चुलरुपमा सहभागिता जनाउन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई स्वीकृति दिएको छ । 

बैठकले साविक विराटनगर नगर विकास समितिको क्षेत्र संशोधन गरी हालको विराटनगर महानगरपालिकाको चारकिल्लाभित्र सीमित रहने गरी नगर विकास ऐन २०४५ को दफा ४ बमोजिम विराटनगर नगर विकास समिति गठन गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो । 

कैलालीको धनगढीमा एकीकृत फोहरमैला व्यवस्थापन र फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्य अगाडि बढाउन स्वीकृति दिएको बैठकले आयुर्वेद विभाग पूर्वाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालयको नाममा रहेको भवनसहित भौतिक संरचना प्रदेश नं १ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै बैठकले  पाथीभरता क्षेत्र  विकास  समितिको अध्यक्षमा रक्की थेवेलाई नियुक्त  गर्ने निर्णय  गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक