वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीसँग आज गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाँणले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीसँग आज गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाँणले"/>
2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यवसायीलाई दुःख दिने सरकारको मनसाय छैनः गृहमन्त्री खाँण

चैत ८, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले स्वदेशी उद्योग र व्यवसाय प्रवद्र्धन, संरक्षण र आयआर्जनका लागि वातावरण निर्माण गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीसँग आज गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाँणले उद्योग र व्यवसायको प्रवद्र्धन गर्न सकेमात्रै राज्यको राजस्व बढ्ने र बजेट बढाउनमा मद्दत मिल्ने बताउनुभयो ।

गृहमन्त्री खाँणले व्यवसायीले भोग्नुपरिरहेका समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको पनि बताउनुभयो । “व्यवसायीले भोग्नुपरिरहेका समस्या समाधान गर्न सरकार तयार छ, ऐन कानुनअनुरुप हामीले समस्या समाधान गरेर सहज व्यवसाय गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ, व्यवसायीलाई दुःख दिने सरकारको मनसाय छैन”, गृहमन्त्री खाँणले भन्नुभयो, “आफ्ना समस्या समाधानमा व्यवसायी पनि प्रतिबद्ध रहनुपर्छ ।” उद्योगी व्यवसायीले पनि राज्यले अवलम्बन गरेका नीति र बनाएका कानुनअनुरुप व्यवसाय सञ्चालन गरेर सरकारलाई सहयोग गर्नुपर्नेमा गृहमन्त्रीले जोड दिनुभयो । भेटमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले वीरगञ्जमा उद्योगी व्यवसायीले भोग्नुपरिरहेका समस्याबारे अवगत गराउनुभएको थियो । 

औषधिको मूल्य सात/आठ वर्षदेखि पुनरावलोकन नभएको, भन्सार र बोर्डर चुस्तदुरुस्त नभएको, बोर्डरमा सुरक्षा व्यवस्था कडा नभएको, आन्तरिक ओसारपसारमा सुरक्षाकर्मीले धेरै चासो दिएकोबारे उद्योगी व्यवसायीले गुनासो गरेका थिए । जवाफमा गृहमन्त्री खाँणले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक