2026-09-12 05:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अध्यक्ष ओली आज कपिलवस्तु जाँदै, २ सांसदसहित ५ हजारलाई पार्टी प्रवेश गराउने

चैत १४, काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदैछन् । उनी त्यहाँ दुई सांसदसहित विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्ने ५ हजारभन्दा बढी नेता कार्यकर्ताहरुलाई स्वागत गर्ने एमालेले जनाएको छ ।अध्यक्ष ओलीले संघीय सांसद वृजेशकुमार गुप्तालाई एमालेमा स्वागत गर्ने छन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्ह लिएर स्वतन्त्रबाट विजयी गुप्ता आज औपचारिक रुपमा एमाले प्रवेश गर्ने भएका हुन् । उनी २०७४ सालको निर्वाचनमा सुर्य चिन्ह लिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तैगरी आजनै कपिलवस्तुबाट प्रदेशसभामा निर्वाचित लुम्बिनी प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तव पनि आज एमाले प्रवेश गर्ने भएका छन् । उनी पनि २०७४ सालको निर्वाचनमा सूर्य चिह्न लिएर कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट विजयी भएका थिए ।

त्यस्तैगरी कविलवस्तु क्षेत्र नं २ र १ बाट पाँच हजार बढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गर्ने एमालेको दावी छ ।

तीन महिनाअघि पनि एमाले अध्यक्ष ओली पार्टी प्रवेश गराउन कपिलवस्तु गएका थिए । भैरहवाको कार्यक्रम सकेर ओली तौलिहवा जाने एमालेले जनाएको छ ।

मंगलबार पनि ओली उतै

आज काठमाडौंबाट कपिलवस्तु जान लागेका ओली मंललबार पनि लुम्बिनी प्रदेशमै रहनेछन् । मंगलबार अध्यक्ष ओलीले बिहानै तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उद्घाटन गर्नेछन् । त्यस्तै होटल ड्रिमल्याण्डमा आयोजना हुने भूपूसैनिक तथा प्रहरी संगठनको केन्द्रीय महाधिवेशनको उदघाटन कार्यक्रममा सहभागी हुनेछन् ।

त्यस्तै दिउँसो लुम्बिनीमा वृहत पार्टी प्रवेश कार्यक्रम तथा सम्बोधन कार्यक्रममा अध्यक्ष ओली कार्यक्रम तय भएको नेकपा एमालेले जनाएको छ । त्यहाँ अध्यक्ष ओलीले जसपाबाट निर्वाचित तीनजना वडाध्यक्षसहित ठूलो संख्यामा कार्यकर्ताहरुलाई एमाले प्रवेश गराउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस