2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठूला दलबाट देशबन्छ भन्नु साढेको टाङ मुनी बाल्टी थाप्नु जस्तै हो : राजेन्द्र लिङ्देन

चैत १७, तनहुँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला दलबाट देशबन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साढेको टाङ मुनि बाल्टी थाप्नु जस्तै भएको टिप्पणी गरेका छन् । स्थानीय तह निर्वाचनलाई लक्षित गरी राप्रपाले तनहुँको दमौलीस्थित खुल्ला मैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै लिङदेनले  भने, ‘साँढेको टाङमुनी बाल्टी थापेर साढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा, कन्याउँदा, हैन यसलाई खाना पुगेन भनेर दाना थप्दा पनि दूध दिँदैन । ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु हो त्यस्तै हो,’

उनले शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड कति पटक प्रधानमन्त्री भएमा देश बन्छ भनेर प्रश्न समेत गरे । ‘अब तिनै पार्टी, तिनै नेताबाट देश बन्छ भनेर तिनैलाई हाम्रो बाजेको पार्टी बाउको पार्टी मैले यति लेबि तिरेको भनेर उनैलाई भोट दिइराख्नु भनेको र यिनै पार्टीबाट देश बन्छ भनेर अपेक्षा राख्नु भनेको साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै हो’, उनले अगाडी थप्दै भने, ‘जबसम्म तिनै पार्टीलाई भोट हाल्नुहुन्छ तबसम्म देशले परिवर्तन र विकास प्राप्त गर्दैन ।’

उनले देश बिगारेर असफल राष्ट्रको मुखसम्म धकेल्नमा ठूला पार्टी र नेता जस्तै अर्को चिह्नमा हात लाग्दैन भनेर भोट दिने मतदाताहरू पनि दोषी भएको बताए । 

शक्ति राष्ट्र नेपालमा रणनीतिक रूपमा प्रतिस्पर्धा गरिरहेको लिङदेनले बताए ।  नेपाललाई रणनीतिक प्रतिस्पर्धा बनाइएको उनको भनाई छ । अगाडी थप्दै भने, ‘कुनै बेला हामीले युक्रेनको नियति व्यहोर्नपर्ने अवस्था आउने खतरा हाम्रो सामु देखिएको छ । उनीहरूको आलोकाँचो व्यवहारले हुने क्षति ठूला पार्टीले मात्र व्यहोर्नुपर्दैन । सिँगो देश र जनताले त्यसको क्षति व्यहोर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक