2026-07-25 04:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको काउन्टर रणनीति: गठबन्धनका असन्तुष्टलाई एमालेमा समेटने

चैत १८, काठमाडौं । सत्तारुढ पाँच दलले गठबन्धन बनाएर निर्वाचनमा जाने रणनीति तय गरिरहेको बेला नेकपा (एमाले)ले गठबन्धनका असन्तुष्टलाई स्थानीय तहको उम्मेदवार बनाउने योजना बनाएको छ ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिँदा असन्तुष्ट रहेका अन्य स्थानीय तहका नेतालाई एमालेमा प्रवेश गराउनेदेखि राजनीति पद दिलाउनेसम्मका रणनीति अनुसार जाने योजना बनाएको हो ।

‘बरु पराजित भए स्वीकार्ने तर चुनाव लडने मनस्थिति गरेर पाँच वर्षदेखि गृहकार्य गर्दै आएका नेतालाई पाँच दलीय गठबन्धनले टिकट नदिए तीनका भावना एमालेले सम्वोधन गर्नेछ,’ एमाले अध्यक्ष केपी ओली शर्मा निकट एक नेताले भने, ‘त्यसका लागि स्थानिय तहमा पाँच दलले पाउने उम्मेदवार र नपाउने असन्तुष्ट नेतालाई याद गर्न अध्यक्ष ओलीले निर्देशन दिनु भएको छ ।’

उनका अनुसार सुरुमा पार्टीले गाउँपालिका, महानगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाबाट उम्मेदवार सिफारिस गर्ने र साथसाथै पाँच दलीय गठबन्धनका सम्भावित असन्तुष्ट नेताको नामावली संकलन गर्न अध्यक्ष ओलीले गोप्य रुपमा निर्देशन दिएका छन् ।

कांग्रेसका सुदूरपश्चिम, कर्णाली र गण्डकीका सभापतिसँग ‘ट्रयाक टु’ वाट वार्तासमेत गराइरहेका ओलीले वडादेखि नै त्यसका बारेमा टिपोट गर्न सुझाएको ती नेताले जानकारी दिए । 

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेतासँग सँगसँगै वार्ता गरिरहेका ओलीले गठबन्धनबाट असन्तुष्ट नेतालाई सम्बाेधन गर्ने प्रतिवद्धता जनाएको माओवादीका एक नेताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक