2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस नेतृत्वको गठबन्धनका तीन चुनौती, तीन स्वार्थ

चैत्र २१, काठमाडौँ | नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटकको स्थानीय निर्वाचनमा पार्टीलाई ठूलो दल बनाउन चाहेका छन् । 

अघिल्लोपटक उनकै नेतृत्वमा कांग्रेस स्थानीय निर्वाचनमा जाँदा एमालेसँग हा¥यो । हारको दोष पार्टीको संस्थापनइतर पक्षले उनीमाथि नै थोपरीदिए । 

राजनीतिक विश्लेषक डा. विष्णु दाहालका अनुसार यसपटक देउवा पार्टीलाई पहिलो बनाएर जस लिन चान्छन् । त्यसकै लागि संसद्मा रहेका बाँकी चार दलसँग मोर्चाबन्दी कसेका हुन् । 

तर, गठबन्धनमा चुनावी तालमेल गर्न देउवासामु तीनवटा चुनौती रहेको विश्लेषण डा. दाहालको छ । 

पहिलो–निर्वाचनमा डा. शेखर कोइराला पक्षलाई सिट बाँडफाँट, दोस्रो–गठबन्धनका बाँकी चार घटकलाई सिट बाँडफाँट र एमालेसँग प्रतिस्पर्धा । 

हुन् पनि शेखर पक्ष चैतको दोस्रो साता सकिएको पार्टी केन्द्रीय समिति बैठकमै चुनावी तालमेलको विपक्षमा उभियो । मुख्य प्रतिस्पर्धी दल एमाले दुई टुक्रा भएको अवस्थामा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने मत अघि सा¥यो । तर, बहुमत केन्द्रीय सदस्य गठबन्धनको पक्षमा उभियो र फरक मत मात्र शेखर पक्षको दर्ज भयो ।

तर, अहिले पनि शेखर पक्षले चुनावी तालमेलको विरोध गरिरहनुको कारण गठबन्धनका दलहरूबीच स्थानीय तह भागबण्डा गर्दा कांग्रेसले पाउनेमध्येबाट भाग लिन भइरहेको ‘बार्गेनिङ’को रूपमा  दाहाल लिन्छन् । देउवाका लागि यो एउटा चुनौती भएको उनले बताए ।

गठबन्धनमा रहेका बाँकी चार दलमध्ये पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध डा. शेखर पक्षीय नेताहरू आक्रोश पोखिरहेका छन् । आक्रोश पोख्नेहरू उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापादेखि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सभापतिसम्म छन् । गठबन्धनमा रहेकै दल र तीनका नेताविरुद्ध यसरी निरन्तर गठबन्धनमा दरार आउनेगरी आक्रोश पोखिरहँदा देउवाले रोक्न सकेका छैनन् । 

गठबन्धन "मोडालिटी" पनि तयार भएको छैन । तर, स्थानीय आवश्यकताअनुसार तालमेल गर्नेगरीको "मोडालिटी"को पक्षमा कांग्रेस छ । 

यसप्रति माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीदेखि राष्ट्रिय जनमोर्चा त्यति सन्तुष्ट देखिएका छैनन् । यसलाई पनि डा. दाहाल चुनौतीको रूपमा लिन्छन् । र, बलियो प्रतिस्पर्धी एमाले छ । एमाले नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) गठबन्धन बन्ने सम्भावना बढेको छ । गठबन्धन बने देउवा नेतृत्वको गठबन्धनलाई जित्न अर्को चुनौती थपिने उनले बताए ।

अर्का राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी पनि दाहालको तर्कमा सहमति जनाउँदै भन्छन्, ‘स्थानीय निर्वाचनमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको राजनीतिक प्रतिरोध गर्न पनि एमाले नेतृत्वमा अर्को बलियो गठबन्धन बन्ने देखिन्छ । यो चुनौती हुन सक्छ ।’

यसरी दुई ठूला गठबन्धनको दिशामा दलहरू जानुलाई दुई कारण रहेको केसीलाई लागेको छ । पहिलो, सत्ता स्वार्थ र दोस्रो, कांग्रेस–एमालेको पहिलो बन्ने र अन्य दलको अस्तित्व जोगाउने उद्देश्य । 

यही कारण सैद्धान्तिक र वैचारिक बेमेल पार्टीहरूबीच निर्वाचनमा गठबन्धन बनेको हो । स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुँदैछ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक