2026-11-02 10:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

गठबन्धन सरकार बचाउन पनि हो : गृहमन्त्री खाँण

चैत्र २१, तनहुँ | गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा हुन लागेको गठबन्धन वर्तमान सरकार बचाउनका लागि पनि भएको स्वीकार गरेका छन् । आठौँ तनहुँ महोत्सवको समापनलाई सोमबार सम्बोधन गर्दै मन्त्री खाँणले भने, ‘धेरैले गृहमन्त्री बढ्ता गठबन्धनमुखी भयो भन्ने आरोप छ । र सायद सरकार बचाउन हो कि भन्ने पनि होला । वास्तवमा सरकार बचाउने पनि हाम्रो चाहना छ नढाटिकन भन्दा ।’  

पाँच दलीय गठबन्धन ३० वैशाखमा हुन लागेकाे स्थानीय तहकाे निर्वाचनमा तालमेल गरेर अघि बढ्न भएकाे सहमतलाई गृहमन्त्री खाँणले सरकार बचाउनका लागि भएकाे बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको सरकारको प्रतिरक्षा गर्ने सबैको दायित्व भएको उनको प्रस्टोक्ति छ ।

“गठबन्धन बचोस् । सरकार बचोस् भन्ने चाहना छ हाम्रो । त्यो पारदर्शी कुरा हो । तर, गठबन्धनको उपलब्धी सरकार मात्र‍ हैन । मुलुकको दीर्घशान्ति  हो,” गृहमन्त्री खाँणले प्रस्ट्याउँदै भने । 

गठबन्धन पञ्चायतकालमा पनि भएको उनले बताए । “गठबन्धन गरेर पञ्चायतविरुद्ध आन्दोलन गरेर पञ्चायत फालेर बहुदलीय व्यवस्था ल्याएको हो” उनले स्मरण गर्दै भने, “त्यसकारण गठबन्धन वैचारिक आधारशिलामा मात्र हुन्छ भन्ने छैन् । अब आउने गन्तव्यका लागि पनि गठबन्धन हुन्छ । यो संसारभर नै हुन्छ  ।”

उनले उद्योगी व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको रहेको बताए । उद्योगी व्यवसायीको संरक्षण गर्नु राज्यको दायित्व भएकाले सरकार संवेदनशिल भएको गृहमन्त्री खाँणले दाबी गरे । “रोजगारीको वृद्धी र अर्थतन्त्रलाई चलायमान बनाउनलाई उद्योगपति र व्यवसायी  गतिशिल बन्नुपर्दछ” उनले भने, “राज्यलाई अधिकतम कर तिर्न सक्ने क्षमता बनाउनुपर्दछ ।”

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकार स्थानीय तहको निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए । उनले भने, “निर्वाचन हुन्छ कि हुदैन् भनेर अफवाह फैलाइएको छ । जनप्रतिनिधि विहिन हुन नदिनलाई सरकार निर्वाचनको तयारीमा लागेको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते