2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजगढलाई एरो सिटीका रूपमा विकास गर्छौंः मन्त्री झाँक्री

चैत्र २२, काठमाडौं | सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाराको निजगढ विमानस्थल क्षेत्रलाई एरो सिटी (हवाई सहर)का रूपमा विकास गरिने बताएकी छन् । काठमाडौं उपत्यका बाहिरको ट्रान्जिट विमानस्थलका रूपमा निजगढ विमानस्थल क्षेत्र रहेको बताउँदै उनले निजगढलाई एरो सिटीका रूपमा विकास गरिने योजनाअघि सारिएको बताइन् ।

 मंगलबार मन्त्रालयमा आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रममाथि छलफल गर्दै मन्त्री झाँक्रीले निजगढलाई एरो सिटीका रूपमा विकास गर्न तत्काल काम थालिने  बताइन् । उनले एरो सिटी निर्माणका लागि तत्काल सम्भाव्यता अध्ययन गरेर काम सुरु गर्न समेत मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छन् ।

"काठमाडौं उपत्यकामा धेरै भिडभाड बढ्यो । यसको विकल्पका रूपमा निजगढलाई एरो सिटीका रूपमा विकास गर्नुपर्छ । यसका लागि आवश्यक काम तत्काल सुरु गर्नुस्,"उनले भनिन् । निजगढ विमानस्थलमा तराई मधेश द्रुतमार्ग फास्ट ट्र्याक, पूर्व पश्चिम रेलमार्गसमेत जोडिने भएकाले यसले काठमाडौं उपत्यकामा बढिरहेको सहरीकरणको चाप पनि घटाउने  बताइन् ।

 साना-साना खुद्रे योजनामा बजेट छुट्याउने नहुने बताउँदै सभा हल र भ्यूटावरजस्ता कार्यक्रम यस पटकको नीति तथा कार्यक्रममा नसमेटिने  उनले बताइन् । यस वर्षको नीति तथा कार्यक्रममा कार्यान्वयन हुन नसक्ने योजना राखेर सपना बाँड्न नहुनेमा जोड दिँदै मन्त्री झाँक्रीले योजना कार्यान्वयनको वास्तविक अवस्था हेरेर मात्र नीति तथा कार्यक्रम ल्याइने बताइन् । 

नेपालको पश्चिमी क्षेत्र भूकम्पको जोखिममा रहेकाले ३ प्रदेशमा २५ सय निजी घरहरूमा रेट्रो फिटिङ गर्ने कार्य पाइलट प्रोजेक्टका रूपमा अघि बढाइने बताउँदै ईशान नयाँ नगर योजना पनि प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटिने  बताइन् । 

 मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले यस पटकको बजेट तथा नीति तथा कार्यक्रमलाई विगतमा भएका त्रुटिलाई सच्याउँदै अनावश्यक कार्यक्रम थप्न नहुने  बताए । उनले मन्त्रालयले सञ्चालन गरिरहेका राम्रा नीति तथा कार्यक्रमलाई अघि बढाए पनि भ्यु टावरजस्ता अनावश्यक कार्यक्रममा बजेट थप्न नहुनेमा जोड दिए । 

सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि ४५ अर्बको बजेट सिलिङ पाएको छ । यद्यपि यी मन्त्रालयलाई हाल ७४ अर्बको बजेट आवश्यक रहेको मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरले जानकारी  दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक