भदौ १४, काठमाडौँ । जापानका विदेश राज्यमन्त्री नोबु किसाइ नेपालको तीनदिने औपचारिक भ्रमणमा आज राति आउदैछन् । 

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा यही भदौ १६ गते यहाँ आयोजना हुने विशेष समारोहमा भाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, काठमाडौँ । जापानका विदेश राज्यमन्त्री नोबु किसाइ नेपालको तीनदिने औपचारिक भ्रमणमा आज राति आउदैछन् । 

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा यही भदौ १६ गते यहाँ आयोजना हुने विशेष समारोहमा भाग"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानी विदेश राज्यमन्त्री आज आउँदै

२०७३, १४ भाद्र मंगलवार ०७:०१

भदौ १४, काठमाडौँ । जापानका विदेश राज्यमन्त्री नोबु किसाइ नेपालको तीनदिने औपचारिक भ्रमणमा आज राति आउदैछन् । 

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा यही भदौ १६ गते यहाँ आयोजना हुने विशेष समारोहमा भाग लिन उनि आउन लागेका हुन् । नेपाल सरकार र यहाँस्थित जापानी राजदूतावासले संयुक्त रुपमा आयोजना गर्ने उक्त समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल र राज्यमन्त्री किसाइले सम्बोधन गर्ने कार्यक्रम छ । 

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यद्यपि त्यसको निक्र्योल भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । “राज्यमन्त्री किसाइको शिष्टाचार भेटबारे हामीले सम्माननीय राष्ट्रपति र सम्मानीय प्रधानमन्त्रीज्यूको कार्यालयमा पत्राचार गरिसकेका छौँ तर समय निर्धारण भइसकेको छैन”, परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले राससलाई बताए । 

उपप्रधानमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग पनि उनले शिष्टाचार भेट गर्नेछन् । राज्यमन्त्री किसाइले नेपाल सरकारका उच्चपदस्थ अधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको यहाँस्थित जापानी राजदूतावासले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी