2026-09-12 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

स्थानीय तहकाे उम्मेद्वार बन्न कांग्रेसमा होडबाजी, एमाले सर्वसम्मत बनाउने पक्षमा

चैत्र २५, तनहुँ | आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न विभिन्न दलका नेताहरूकाे जिल्लामा होडबाजी देखिएकाे छ । आवश्यक संख्याभन्दा १५ गुणा बढीसम्मले उम्मेद्वार बन्ने आकांक्षा व्यक्त गरिरहेका छन् ।

स्थानीय तहको प्रमुखको कुरा छाडौँ यसपालि वडा सदस्य बन्नेको पनि लर्को छ । वडा सदस्य, वडाध्यक्ष, स्थानीय तहका प्रमुख र उपप्रमुख बन्नलाई एक प्रकारको होडबाजी चलेको छ । टिकट पाए ठिकै छ नभए अर्कोपटकलाई दावा गर्नलाई पनि सहज हुन्छ भनेर धेरैले आकंक्षा देखाइरहेका छन् ।

विशेषत: नेपाली कांग्रेसले उम्मेद्वार हुन चाहनेको आवेदन लिएर नामावली माथिल्लो कार्यसमितिमा पठाउँदैछ । अन्य दलकोको तुलनामा कांग्रेसमा आकांक्षी पनि धेरै देखिन्छन् । जिल्लाको व्यास नगरपालिका-११ मा मात्रै कांग्रेसबाट १७ जना वडाध्यक्षका आकांक्षी छन् । चारजना वडा सदस्यका लागि पनि आकांक्षीको सूची लामै छ । २६ जनाले वडा सदस्य बन्नलाई आकांक्षा देखिएका छन् ।

स्थानीय तहको प्रमुख बन्नलाई कांग्रेसमा सयौँको रस्साकस्सी छ । संविधानसभा सदस्यदेखि पत्रकारसम्म कांग्रेसमा स्थानीय तहको प्रमुख बन्न दाबी गरिरहेका छन् । जिल्लाका १० स्थानीय तहमा प्रमुख बन्न १०८ जनाले इच्छा देखाएका छन् ।  उपप्रमुख बन्ने आकांक्षी प्रमुखको तुलनामा आधा कम ५३ जना छन् । 

व्यास नगरपालिकाको मेयरमा कांग्रेसमा १५ जनाले आकांक्षा देखाएका छन् । उपमेयरमा सातजना आकांक्षी छन् । भानुमा पनि मेयर बन्न उस्तै लर्को छ आकांक्षीको । १५ जनाले मेयरमा दाबी गरेका छन् । उपमेयरमा ६ जनाले आवेदन दिएका छन् । शुक्लागण्डकीको मेयरमा १० र उपमेयरमा आठजना आकांक्षी छन् । भिमादको मेयर बन्न ६ र उपमेयरमा आठजनाको दाबी परेको छ । 

बन्दीपुर गाउँपालिकामा अध्यक्ष बन्ने आकांक्षी १४ जना छन् । उपाध्यक्षमा पाँचजनाको दाबी छ । ऋषिङको अध्यक्ष बन्न १३ र उपाध्यक्षमा पाँचजनाले दाबी प्रस्तुत गरिरहेका छन् । घिरिङमा अध्यक्षका लागि आठ र उपाध्यक्षमा दुईजनाको दाबेदारी परेको छ ।

देवघाटमा अध्यक्ष बन्न नाै र उपाध्यक्षमा पाँचजना कांग्रेसीले आकांक्षा व्यक्त गरेका छन् । आँबुखैरेनीको अध्यक्षमा ११ जनाले आवदेन दिएका छन् । उपाध्यक्षमा चारजनाले आकांक्षा व्यक्त गरेका छन्।  म्याग्देको अध्यक्षमा सात र उपाध्यक्षमा चारजनाको दाबी छ । 

आकांक्षीको संख्या घटाउन वडा र स्थानीय तहमा छलफल भइरहेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बताए । “जतिसक्दो थोरै आकांक्षीको नाम पठाउन भनेका छौ,” उनले भने ।  नेताहरू महत्वाकांक्षी बन्न खोज्दा आकांक्षी धेरै भएको उनी बताउँछन् । भन्छन्, “अलिक बढी महत्व दिएर आकांक्षा व्यक्त गर्नुभएका साथीहरू हुनुहुन्छ । कतिपय पुराना साथीहरू हुनुहुन्छ, उहाँहरूले दाबी गर्नु स्वाभाविक छ । कतिपय साथीहरूले अर्को उम्मेद्वारलाई समर्थन गर्नलाई दाबेदारी प्रस्तुत गरिरहनुभएको हो ।”

कांग्रेसमा वडाको टिकटको छिनोफानो प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले बनाएको संसदीय समितिले गर्नेछ । गाउँपालिकाको जिल्ला कार्यसमितिको संसदीय समितिले टुंगो लगाउनेछ भने नगरपालिकाको जिल्ला कार्यसमितिले गण्डकी प्रदेश समितिमा सिफारिस गर्नेछ । आकांक्षीको सूची लामो भएकाले उम्मेद्वारको छिनोफानो लगाउन कांग्रेसलाई निकै सकस हुने देखिन्छ ।

एमालेले पनि वडाका उम्मेद्वारको आकांक्षा बुझेर सूची तयार पार्दैछ । “सकभर सर्वसम्मत टुंग्याउने नीति लिएका छौँ । नभए वडाबाट तीनजनाको नाम सिफारिस हुनेछ,” एमाले जिल्ला कमिटी उपसचिव खिमबहादुर कुमालले भने । 

केही स्थानीय तहको प्रमुख उपप्रमुखमा एमालेमा पनि आकांक्षी सूची लामै पाइन्छ । घिरिङको अध्यक्षमा पाँचजना आकांक्षी छन् । भानु नगरपालिकाको मेयर पदमा एमालेको नगर कमिटीको बैठकमा सात र चारजनाले उपमेयरमा आकांक्षा व्यक्त गरेका छन् ।

माओवादी केन्द्रले भने केही वडामा मात्र उम्मेद्वारको टुंगो लगाएको छ । म्याग्दे गाउँपालिकाको सातवटै वडामा सर्वसम्मत उम्मेद्वारको टुंगो लगाएको हो । व्यास नगरपालिकाका केही वडामा पनि उम्मेद्वारको टुंगो लागेको माओवादी केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल