१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा एमालेलाई वडा सदस्यसमेत जित्न नदिने एकीकृत समाजवादी अध्यक्ष बस्नेतको हिसाब

७ बैशाख २०७९, बुधबार १५:३०

वैशाख ७, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम वस्नेतले आफूहरुको उम्मेदबारी नेकपा एमालेकाविरुद्ध रहेको बताएका छन् । भक्तपुरबाट एमालेलाई एउटा वडा सदस्य पनि जित्न नदिने उनले दाबी गरे । 

पार्टीले बुधबार भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भक्तपुरका कुनै पनि वडामा नेकपा (एमाले) का उम्मेदवारलाई जित्न नदिनु नै आफूहरुको मुख्य उद्देशय रहेको बताए । आफूहुरुले सवै तथ्यांक लिइसकेको बताउँदै उनले एमालेले एउटा पनि वडा भक्तपुरमा नजित्ने ठोकुवा उनले गरे । उनले एमालेको भोट काटेर एमालेलाई हराउने आफूहरुको मुख्य ध्येय रहेको जनाए । 

उनका अनुसार भक्तपुरका चार वटै नगरपालिकामा आफूहरुले एमालेको भोट काट्ने छ । उनले प्रस्तुत गरे अनुसार नेकपा एसले जिल्लाको सूर्यविनायक नगरपालिकामा ४० प्रतिशत, भक्तपुर नगरपालिकामा ५५ प्रतिशत, चाँगुनारायण नगरपालिकामा २८ प्रतिशत र मध्यपुर थिमि नगरपालिकामा ३७ प्रतिशत भोट काटिनेछ । 


भक्तपुरमा सूर्यविनायक, भक्तपुर, चाँगुनारायण र मध्यपुर थिमि गरी चार वटा नगरपालिकाहरु छन् । यसका लागि आफूहरुले वडास्तरमै पुगेर हिसाव किताव गरिसकेका उनले जनाए । 

‘भक्तपुरका ३८ वटा वडामा एमालेको उम्मेदवार भनेको एउटा वडा सदस्य समेत निर्वाचित हुन नदिने हाम्रो रणनीति छ' उनले भने, ‘त्यसका लागि हाम्रो गठबन्धनसँग मसिनोसँग छलफल गरेका छौं । हामीले सबै हिसाब गरेका छौं, लगभग एउटा वडा फुत्केला कि भन्ने भएको थियो, त्यो ठाउँमा नि एक्सरसाइज गरेका छौं ।’ 

उनले भक्तपुरमा पहिलो शक्तिका रुपमा काँग्रस, दोस्रो शक्तिका रुपमा एमाले र तेस्रो शक्तिका रुपमा नेकपा एस रहेको दाबी समेत गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार