२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा एमालेलाई वडा सदस्यसमेत जित्न नदिने एकीकृत समाजवादी अध्यक्ष बस्नेतको हिसाब

२०७९, ७ बैशाख बुधबार १५:३०

वैशाख ७, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम वस्नेतले आफूहरुको उम्मेदबारी नेकपा एमालेकाविरुद्ध रहेको बताएका छन् । भक्तपुरबाट एमालेलाई एउटा वडा सदस्य पनि जित्न नदिने उनले दाबी गरे । 

पार्टीले बुधबार भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भक्तपुरका कुनै पनि वडामा नेकपा (एमाले) का उम्मेदवारलाई जित्न नदिनु नै आफूहरुको मुख्य उद्देशय रहेको बताए । आफूहुरुले सवै तथ्यांक लिइसकेको बताउँदै उनले एमालेले एउटा पनि वडा भक्तपुरमा नजित्ने ठोकुवा उनले गरे । उनले एमालेको भोट काटेर एमालेलाई हराउने आफूहरुको मुख्य ध्येय रहेको जनाए । 

उनका अनुसार भक्तपुरका चार वटै नगरपालिकामा आफूहरुले एमालेको भोट काट्ने छ । उनले प्रस्तुत गरे अनुसार नेकपा एसले जिल्लाको सूर्यविनायक नगरपालिकामा ४० प्रतिशत, भक्तपुर नगरपालिकामा ५५ प्रतिशत, चाँगुनारायण नगरपालिकामा २८ प्रतिशत र मध्यपुर थिमि नगरपालिकामा ३७ प्रतिशत भोट काटिनेछ । 


भक्तपुरमा सूर्यविनायक, भक्तपुर, चाँगुनारायण र मध्यपुर थिमि गरी चार वटा नगरपालिकाहरु छन् । यसका लागि आफूहरुले वडास्तरमै पुगेर हिसाव किताव गरिसकेका उनले जनाए । 

‘भक्तपुरका ३८ वटा वडामा एमालेको उम्मेदवार भनेको एउटा वडा सदस्य समेत निर्वाचित हुन नदिने हाम्रो रणनीति छ' उनले भने, ‘त्यसका लागि हाम्रो गठबन्धनसँग मसिनोसँग छलफल गरेका छौं । हामीले सबै हिसाब गरेका छौं, लगभग एउटा वडा फुत्केला कि भन्ने भएको थियो, त्यो ठाउँमा नि एक्सरसाइज गरेका छौं ।’ 

उनले भक्तपुरमा पहिलो शक्तिका रुपमा काँग्रस, दोस्रो शक्तिका रुपमा एमाले र तेस्रो शक्तिका रुपमा नेकपा एस रहेको दाबी समेत गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला