२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिममा कांग्रेस र माओवादीको छुट्टै बैठक

८ बैशाख २०७९, बिहीबार ०३:१५

वैशाख ८, धनगढी । चुनावी तालमेलका षियमा छलफल गर्न सुदूरपश्चिममा नेपाली कांग्रस र माओवादी केन्द्रको छुट्टै प्रदेश स्तरीय बैठक बसेको छ । बैठकमा एकीकृत समाजवादी पार्टीको भने सहभागिता रहेन । कांग्रेस र माओवादी केन्द्रले याे बैठक नभई प्रदेशमा तालमेललाई कसरी अगाडि बढाउने भन्ने विषयमा अनौपचारिक छलफल मात्रै गरिएको जनाएका छन् ।

नकांग्रेस प्रदेश सहमहामन्त्री अम्बिका चलाउनेले प्रदेशका विवादित स्थानमा कसरी अघि बढ्ने भन्ने विषयमा समान्य छलफल मात्रै भएको बताइन् । ‘प्रदेशमा समाजवादी पार्टीलाई कसरी समेटेर लैजाने भन्ने विषयमा बुधबार दुई दलबीच सामान्य छलफल भएको हो,’ उनले भनिन्, ‘तर गठबन्धनलाई कायम राख्ने विषयमा भने हामी सहमत छौं ।’ खास गरी समाजवादी पार्टीले धेरै ठाउँमा नेतृत्व मागेका कारण त्यसलाई कसरी लैजाने भन्ने विषयमा दुई दलबीच छलफल भएको सहमहामन्त्री चलाउनेले बताइन् ।

बझाङ, बैतडी र दार्चुलामा सहमति भइसकेको बताउँदै उनले कैलाली र कञ्चनपुरमा बढी समस्या भएका कारण त्यसलाई कसरी समेटेर लैजाने भन्ने विषयमा बुधबार छलफल भएको  बताइन् । ‘डडेल्धुराको विषय केन्द्र बाटै टुङ्गो लाग्न सक्छ,’ सहमहामन्त्री चलाउनेले भनिन्, ‘अछाम र बाजुरामा पनि सहमति अन्तिम चरणमा पुगेको छ, डोटी, कैलाली र कञ्चनपुरमा केही समस्या रहेको छ, यसलाई कसरी समाधान गर्ने भनेर दुई दलबीच छलफल गरिएको हो ।’

आमोवादी केन्द्र प्रदेश अध्यक्ष हरिराम चौधरी बुधबार बैठक नबसेको बताए । ‘आगामी दिनमा बस्ने बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा समान धारणा बनाउन  दुई दलका नेताबीच सामान्य छलफल भएको हो,’ उनले भने, ‘यो बैठक हैन, बैठकमा समाजवादी पार्टीलाई पनि बोलाउँछौं ।’  

यस विषमा एकीकतृ समाजवादी पार्टीका प्रदेश अध्यक्ष विक्रम शाहीलाई बुझ्न खोज्दा उनको फोन उठेन ।

सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये कांग्रेसले ५० स्थानीय तहमा दाबी गरेको छ, भने माओवादीले ३० र एकीकृत समाजवादीले २० पालिका दाबी गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य