१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिममा कांग्रेस र माओवादीको छुट्टै बैठक

८ बैशाख २०७९, बिहीबार ०३:१५

वैशाख ८, धनगढी । चुनावी तालमेलका षियमा छलफल गर्न सुदूरपश्चिममा नेपाली कांग्रस र माओवादी केन्द्रको छुट्टै प्रदेश स्तरीय बैठक बसेको छ । बैठकमा एकीकृत समाजवादी पार्टीको भने सहभागिता रहेन । कांग्रेस र माओवादी केन्द्रले याे बैठक नभई प्रदेशमा तालमेललाई कसरी अगाडि बढाउने भन्ने विषयमा अनौपचारिक छलफल मात्रै गरिएको जनाएका छन् ।

नकांग्रेस प्रदेश सहमहामन्त्री अम्बिका चलाउनेले प्रदेशका विवादित स्थानमा कसरी अघि बढ्ने भन्ने विषयमा समान्य छलफल मात्रै भएको बताइन् । ‘प्रदेशमा समाजवादी पार्टीलाई कसरी समेटेर लैजाने भन्ने विषयमा बुधबार दुई दलबीच सामान्य छलफल भएको हो,’ उनले भनिन्, ‘तर गठबन्धनलाई कायम राख्ने विषयमा भने हामी सहमत छौं ।’ खास गरी समाजवादी पार्टीले धेरै ठाउँमा नेतृत्व मागेका कारण त्यसलाई कसरी लैजाने भन्ने विषयमा दुई दलबीच छलफल भएको सहमहामन्त्री चलाउनेले बताइन् ।

बझाङ, बैतडी र दार्चुलामा सहमति भइसकेको बताउँदै उनले कैलाली र कञ्चनपुरमा बढी समस्या भएका कारण त्यसलाई कसरी समेटेर लैजाने भन्ने विषयमा बुधबार छलफल भएको  बताइन् । ‘डडेल्धुराको विषय केन्द्र बाटै टुङ्गो लाग्न सक्छ,’ सहमहामन्त्री चलाउनेले भनिन्, ‘अछाम र बाजुरामा पनि सहमति अन्तिम चरणमा पुगेको छ, डोटी, कैलाली र कञ्चनपुरमा केही समस्या रहेको छ, यसलाई कसरी समाधान गर्ने भनेर दुई दलबीच छलफल गरिएको हो ।’

आमोवादी केन्द्र प्रदेश अध्यक्ष हरिराम चौधरी बुधबार बैठक नबसेको बताए । ‘आगामी दिनमा बस्ने बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा समान धारणा बनाउन  दुई दलका नेताबीच सामान्य छलफल भएको हो,’ उनले भने, ‘यो बैठक हैन, बैठकमा समाजवादी पार्टीलाई पनि बोलाउँछौं ।’  

यस विषमा एकीकतृ समाजवादी पार्टीका प्रदेश अध्यक्ष विक्रम शाहीलाई बुझ्न खोज्दा उनको फोन उठेन ।

सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये कांग्रेसले ५० स्थानीय तहमा दाबी गरेको छ, भने माओवादीले ३० र एकीकृत समाजवादीले २० पालिका दाबी गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार