१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तह निर्वाचन: उम्मेदवार बन्न कुन पदमा कति धरौटी तिर्नुपर्छ ?

११ बैशाख २०७९, आईतवार ०२:०१

वैशाख ११, काठमाडौँ । आगामी वैशाख ३० गते स्थानिय तहको निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नको लागि उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने समय आज र भोली पाउदैछन् । मनोनयन दर्ताको लागि निश्चित शुल्क तिर्नुपर्ने प्रावधान रहेको छ । 

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ३६ मा उम्मेदवारले मनोनयन पत्र दर्ता गराउँदा बुझाउनुपर्ने धरौटी रकम’ उल्लेख छ । निर्वाचन आयोगले उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा सो व्यवस्थाअनुसार उम्मेदवारसँग धरौटीबापतको रकम लिनेछ । सो रकम उम्मेदवार दर्ताको शुल्क भने होइन ।

महानगरपालिका तथा उपमहानगरपालिकामा अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवार मनोनयन दर्ताको लागि १ हजार ५ सय रूपैयाँ धरौटी जम्मा गर्नुपर्ने हुन्छ ।

त्यस्तै वडाध्यक्ष पदका लागि उम्मेदवार मनोनयन दर्ता गर्नको लागि १ हजार रूपैयाँ लाग्छ । त्यस्तै वडा सदस्य पदको लागि उम्मेदवार मनोनयन दर्ता गराउँदा ५ सय रूपैयाँ धरौटी रकम बुझाउनुपर्ने हुन्छ ।

तर, धरौटी रकम बुझाउँदा महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिलाई भने ५० प्रतिशत धरौटीबापतको रकम छुट दिईयेको छ ।

निर्वाचनमा धरौटीबापत जम्मा भएको रकम मत परिणाम सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयले फिर्ता गर्छ । तर, धरौटी रकम फिर्ता लिन कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्छ । १० प्रतिशत मत ल्याउन नसकेको उम्मेदवारको भने धरौटी फिर्ता हुँदैन । त्यसैले यस्ता उम्मेदवारको धरौटी जफत भएको भनिएको हो । उम्मेदवारको धरौटी जफत हुँदा धरौटीबापत जम्मा भएको रकम निर्वाचन आयोगको सञ्चित कोषमा दाखिला हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार