२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवेकशील साझाबाट भरतपुरको मेयरमा युवा इन्जिनियर प्रविन

२०७९, ११ बैशाख आईतवार ०५:३९

वैशाख ११, काठमाडौँ | विवेकशील साझा पार्टीले भरतपुर महानगरपालिकाको मेयर र उपमेयर छनोट गरेको छ । शनिबार बसेको जिल्ला सदस्य भेलाले प्रविन काफ्लेलाई सर्वसम्मत रूपमा महानगरको उम्मेदवारको रूपमा अगाडी सारेको हो।  २८ वर्षीय काफ्ले सन् २०१६ मा भारतको बैंगलोरबाट मेकानिकल इन्जिनीयरिङमा स्नातक सम्पन्न गरी स्वदेश फर्केर नेपालकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय उद्योग कम्पनीमा काम गरेर अनुभव लिँदै केहि वर्षदेखि आफ्नै उद्यम गरिरहेका छन्। उनले विगत ३ वर्षदेखि पार्टीको हरेक अभियानमा नेतृत्व लिँदै केहि वर्षयता  चितवन जिल्ला संयोजकको भूमिका पनि निर्वाह गरिसकेका छन् । उनी 'तातोभात अभियान' का योजनाकार पनि हुन् जसले भरतपुरमा २८ दिनसम्म निरन्तर कोभिड सङ्क्रमित बिरामीका कुरुवाहरू तथा न्यून आयस्रोत भएका नागरिकलाई निःशुल्क खाना खुवाएको थियो।  सँगसँगै, चितवनका हरेक सामाजिक,राजनीतिक घटना तथा समस्याहरूप्रति चासो र चिन्ता राख्दै गम्भीरतापूर्वक समाधानमुखी राजनीति गर्ने सङ्कल्प बोकेका युवा राजनीतिज्ञ हुन्।

साथसाथै भेलाले महिला अधिकारकर्मी पुष्पा सापकोटालाई उपमेयरको रूपमा अगाडी सारेको छ।  ३८ वर्षीय पुष्पा महिला अधिकारका लागि सशक्तीकरण, शिक्षा र स्वास्थ्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। सापकोटा विवेकशील साझा पार्टीको स्थापनाकालदेखि जिल्लामा महिला अधिकारकर्मी तथा राजनीतिकर्मीको रूपमा परिचित छिन् ।  हाल उनी विवेकशील साझा  पार्टीको केन्द्रीय  सदस्य छिन्। साथसाथै भेलाले जिल्ला संयोजकका रूपमा जगदीश पन्तलाई अगाडी बढाएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक