२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दाः ललितपुर महानगरपालिकामा कांग्रेस झिनो मतान्तरले विजयी

२०७९, ११ बैशाख आईतवार ०९:२२

वैशाख ११, काठमाडौँ । २०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी भएका थिए । उनले निर्वाचनमा २४ हजार ६४२ मत प्राप्त गरेका थिए । 

निर्वाचनमा दोस्रो ठूलो मत नेकपा एमालेका मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले प्राप्त गरेका थिए । उनले २४ हजार ३१६ मत प्राप्त गरेका थिए । 

गत स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयर पदमा कांग्रेस र एमालेका उम्मेदवारबीच मात्र ३२६ मतको फरक रहेको थियो । 

२०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दिनेश महर्जनले १० हजार ६६१, स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत प्राप्त गरेका थिए । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा ललितपुरमा उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार गिता सत्याल विजयी भएकी थिइन् । उनले १९ हजार ८१९ मत प्राप्त गरेकी थिइन् । 

सोही निर्वाचनमा ललितपुरमा उपमेयर पदमा उम्मेदवारी दिएका नेकपा (माआवादी केन्द्र)को उम्मेदवार हसिना शाक्यले १२ हजार ९७९, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बाबुकाजी प्रधानले १० हजार ५४० र स्वतन्त्र उम्मेदवार शोभा शाक्यले १४ हजार २४० मत प्राप्त गरेका थिए । 

२०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकामा कूल मतदाता १ लाख १२ हजार ९२३ जना रहेका थिए । कुल मतदातामध्ये ८७ हजार ४८ मत अर्थात ७७.१० प्रतिशत मत खसेको थियो । खसेकोमध्ये ७० हजार २४८ मत सदर भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो