१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दाः ललितपुर महानगरपालिकामा कांग्रेस झिनो मतान्तरले विजयी

११ बैशाख २०७९, आईतवार ०९:२२

वैशाख ११, काठमाडौँ । २०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी भएका थिए । उनले निर्वाचनमा २४ हजार ६४२ मत प्राप्त गरेका थिए । 

निर्वाचनमा दोस्रो ठूलो मत नेकपा एमालेका मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले प्राप्त गरेका थिए । उनले २४ हजार ३१६ मत प्राप्त गरेका थिए । 

गत स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयर पदमा कांग्रेस र एमालेका उम्मेदवारबीच मात्र ३२६ मतको फरक रहेको थियो । 

२०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दिनेश महर्जनले १० हजार ६६१, स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत प्राप्त गरेका थिए । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा ललितपुरमा उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार गिता सत्याल विजयी भएकी थिइन् । उनले १९ हजार ८१९ मत प्राप्त गरेकी थिइन् । 

सोही निर्वाचनमा ललितपुरमा उपमेयर पदमा उम्मेदवारी दिएका नेकपा (माआवादी केन्द्र)को उम्मेदवार हसिना शाक्यले १२ हजार ९७९, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बाबुकाजी प्रधानले १० हजार ५४० र स्वतन्त्र उम्मेदवार शोभा शाक्यले १४ हजार २४० मत प्राप्त गरेका थिए । 

२०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकामा कूल मतदाता १ लाख १२ हजार ९२३ जना रहेका थिए । कुल मतदातामध्ये ८७ हजार ४८ मत अर्थात ७७.१० प्रतिशत मत खसेको थियो । खसेकोमध्ये ७० हजार २४८ मत सदर भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार