२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस घोषणापत्रमा नेकपाको सरकारमाथि लगाइएका १४ आरोप

२०७९, ११ बैशाख आईतवार १०:४६

वैशाख ११, काठमाडौं | नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आज घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र केपी शर्मा ओलीको नेतृत्वको सरकारमाथि १४ वटा आरोप लगाएको छ । 

घोषणापत्रमा कांग्रेसले नेकपा र ओली अधिनायकवाद र सर्वसत्तावादको सूत्रपात रहेको जनाएको छ । ओलीले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि पनि आक्रमण गरेको आरोप कांग्रेसको छ ।

‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संस्थागत गर्न खोजेको अधिनायकवादी तथा सर्वसत्तावादी प्रणालीका लागि जनताका नैसर्गिक अधिकार र राजनीतिक स्वतन्त्रता सबैभन्दा प्रमुख अवरोधक थिए । त्यसैले प्रधानमन्त्रीको शपथग्रहण गर्नासाथ स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनको प्रतीक र प्रतिविम्व माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेर अधिनायकवादी शासनको सूत्रपात गर्ने धृष्टता गरिएको थियो,’  घोषणापत्रमा उल्लेख छ । 

ओली नेतृत्वको सरकार सङ्घीयता विरोधी एकात्मक र नियन्त्रणकारी भएको कांग्रेसको ठहर छ । 

करिव ४२ महिनाको अवधिसम्म पनि सङ्घीय प्रणालीको भावना अनुरूप राज्य सञ्चालन नगरेको मात्रै होइन, प्रदेशको नाम र राजधानीका बारेमा समेत प्रदेश सभालाई हुकुमप्रमांगी शैलीमा आदेश जारी गरेपछि नेकपाको सङ्घीयताप्रतिको वास्तविक अनुहार पर्दाफास भएको कांग्रेसले जनाएको छ । 

ओलीले संवैधानिक निकायलाई कम्युनिस्टकरण गरेको निस्कर्ष कांग्रेसको छ । घोषणापत्रमा भनिएको छ, ‘सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, सञ्चार माध्यमले तीव्र आलोचना गर्दा गर्दै विवादास्पद संवैधानिक परिषदसम्बन्धी अध्यादेशको आधारमा नियुक्ति गरेर संवैधानिक निकायलाई नेकपाको भर्तीकेन्द्र बनाइएको थियो ।’ 

संविधानको भावना तथा नेपाली नागरिकको चाहना विपरीत नागरिकतासम्बन्धी अत्यन्त अनुदारवादी र विभेदकारी विधयेक नेकपाको सरकारले दर्ता गरेको कुरालाई पनि घोषणापत्रमा समेटिएको छ । 

नेकपाको सरकारको पालामा देशमा कुशासन र भ्रष्टाचार व्यापक रुपमा बढेको आरोप कांग्रेसको छ । ‘वाइडबडी जहाज, सेक्युरिटी प्रेस सम्बन्धमा ७२ करोड कमिशन, ओम्नी, यतीलगायत भ्रष्टाचार र अनियमितताको लामो फेहरिस्त छ,’ कांग्रेसले भनेको छ । 

नेकपा सरकारले सार्वजनिक सम्पत्तिको लुटलाई पनि प्रशय दिएको आरोप कांग्रेसको छ । त्यतिमात्र होइन साँस्कृतिक अधिकार हनन गरी गुठीको जमीन भूमाफियाकरण गरेको समेत घोषणापत्रमा जनाइएको छ । 

कम्युनिस्ट सरकारले महामारीमा समेत कमिशन र भ्रष्टाचारलाई प्रशय दिएको ठहर कांग्रेसेको छ । 

ओलीले प्रतिनिधिसभा विघटन गरी लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र गरेको पनि कांग्रेसको निस्कर्ष छ । नेकपाले उत्ताउला ‘विकास’लाई प्राथमिकता दिएको आरोप कांग्रेसको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो