१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लामा टुट्यो गठबन्धन, दलहरू एक्लाएक्लै प्रतिस्पर्धा गर्ने

११ बैशाख २०७९, आईतवार ११:२८

वैशाख ११, जुम्ला | जुम्लामा गठबन्धन हुन नसकेपछि दलहरू आसन्न स्थानीय तह निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भएका छन् । ३० वैशाखमा  हुने स्थानीय तह निर्वाचनमा जुम्लामा  सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच तालमेल नहुने भएपछि एक्लाएक्लै चुनावी मैदानमा उत्रिने भएका हुन् । 

चुनावी गठबन्धन र भागबण्डाका लागि छलफलमा बसेका दलहरू आ-आफ्नो अडानमा रहँदा सहमति हुन नसकेको हो । यसअघि केन्द्रीय गठबन्धनको निर्णय र सर्कुलरअनुसार जिल्लामा पनि दलहरू छलफलमा जुटेका थिए। 

तर, सबै दलले आ–आफ्नो अडान कायम राखेपछि सहमति नभएको   माओवादी केन्द्रका अध्यक्ष विरबहादुर कुवँरले बताए । उनका अनुसार प्रदेश गठबन्धनको निर्णय एकीकृत समाजवादीले अस्वीकार गरेपछि गठबन्धन टुटेको हो । 

कांग्रेसले पनि हामी एक्लै चुनाव लड्ने भनेपछि गठबन्धन नहुने देखिएको उनले बताए । एकीकृत समाजवादी पार्टी अध्यक्ष तीर्थ बुढाका अनुसार समाजवादीको मागलाई बेवास्ता गरिएपछि गठबन्धन टुटेको हो । 

‘गठबन्धनमा तिला र सिंजा गाउँपालिकामा अध्यक्ष एकीकृत समाजवादीलाई छुट्याइयो । तर, हामीले गुठीचौर र हिमा गाउँपालिका मागेका हौँ । उनीहरूले दिन नमाने भएपछि गठबन्धन नहुने भयो,’ उनले भने । 

कांग्रेस पुर्व सभापति दीपबहादुर शाहीले तीन पार्टीमा भागबन्डा नमिल्दा गठवन्धन टुटेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल