१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसबाट उम्मेदवार छनोटको अधिकार देउवालाई

११ बैशाख २०७९, आईतवार ११:३९

वैशाख ११, काठमाडौँ | स्थानीय तह निर्वाचनका लागि उम्मेदरवार छनोट गर्न नेपाली कांग्रेसले संसदीय समिति गठन गरेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले १३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल सदस्य रहेको समिति गठन गरेको हो । 

उम्मेदवार छनोटको लागि समिति गठन गरे पनि उम्मेदवार छनोटको अधिकार भने पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । मनोनयन दर्ता प्रक्रिया सुरु भएपछि कांग्रेसले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको प्रमुख, उप्रमुख छनोटका लागि समिति गठन गरेको हो ।

गठबन्धनको भागबन्डाअनुसार काठमाडौं, ललितपुर र विराटनगर पालिकाको मेयर कांग्रेसको भागमा परेको छ । त्यस्तै वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसले उपमेयर पाएको छ । 

उपमहानगरको हकमा कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीमा मेयरको सिट पाएको छ । जितपुर सिमरा, घोराही र हेटौंडामा उपमेयर कांग्रेसको भागमा परेको छ । 

यी सबै सिटमा कांग्रेसले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन् । त्यसका लागि कांग्रेसले समिति गठन गरेको हो । समिति गठन गरे पनि उम्मेदवार छनोटको अधिकार भने देउवालाई दिइएको हो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार