उम्मेदवार चयनमा रुपन्देहीः गठबन्धनमा चरम असन्तुष्टि, एमाले उम्मेदवार सर्वसम्मत

Posted on: 25 Apr, 2022

लक्ष्मण पौडेल । वैशाख १२, बुटवल । स्थानीय तह निर्वाचनको उम्मेदवारी चयनलाई लिएर रुपन्देहीमा सत्ता गठबनधन चरम असन्तुष्टि देखा परेकाे छ ।  एमालेले भने जिल्लाका १६ वटै पालिकामा सर्वसम्मत उम्मेदवार टुंग्याएको छ ।

उम्मेदवार चयमा असन्तुष्टि जनाउँदै बुटवल उपमहानगरपालिका वडा नम्बर ३ मा १०३ जना काँग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । भागवण्डा अनुसार वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु ढकाललाई उम्मेदवार बनाइएपछि कांग्रेस कार्यकर्ताले राजीनामा दिएका हुन् । बुटवल–३ मा कांग्रेस बलियो हुँदाहुँदै माओवादीलाई छाडेको भन्दै उनीहरु असन्तुष्ट भएका हुन् । राजीनामा दिएकाहरुले माओवादीलाई भोट नहाल्ने समेत बताएका छन् ।

तर एमालेले भने जिल्लाका सबै पालिकाहरुमा उम्मेदवार टुंगो लगाएको छ । जसअनुसार बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याल, तिलोत्तमा नगरपालिकाको मेयरमा मोहन चापागाईं र उपमेयरमा जगेश्वरदेवी चौधरी, सैनामैना नगरपालिकाको मेयरमा चित्रबहादुर कार्की र उपमेयरमा बिना राना, देवदह नगरपालिकाको प्रमुखमा ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ, सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा डा. रामप्रसाद बस्याल र उपप्रमुखमा उमा अधिकारीले टिकट पाएका छन् ।

त्यस्तै ओमसतिया गाउँपालिका अध्यक्षमा मन्जितकुमार यादव र उपाध्यक्षमा निर्मलाकुमारी निषाद, रोहिणी गाउँपालिका अध्यक्षमा सनोजकुमार यादव र उपाध्यक्षमा वसन्ती पाण्डे, मायादेवी गाउँपालिका अध्यक्षमा लाला लोंध र उपाध्यक्षमा सन्नु चाई, मर्चवारीमाई गाउँपालिका अध्यक्षमा कमलेश यादव र उपाध्यक्षमा बिन्द्रावती गौंड, सम्मरीमाई गाउँपालिका अध्यक्षमा मुस्लिम खान र उपाध्यक्षमा पिंकला लोंधले टिकट पाएका छन् ।

कोटहीमाई गाउँपालिका अध्यक्षमा श्यामसुन्दर यादव र उपाध्यक्षमा माया साहनी, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा रमावती यादव र उपप्रमुखमा कल्पना हरिजन, गैंडहवा गाउँपालिका अध्यक्षमा सुरेन्द्र पौडेल र उपाध्यक्षमा माधुरी जयसवाल, कन्चन गाउँपालिका अध्यक्षमा दिनानाथ आचार्य र उपाध्यक्षमा ओमकला राहडी, शुद्धोधन गाउँपालिका अध्यक्षमा किशुनचन्द चौधरी र उपाध्यक्षमा शान्तादेवी ज्ञवाली, सियारी गाउँपालिका अध्यक्षमा अयोध्या थारु र उपाध्यक्षमा अमृता गुरुङ एमालेबाट उम्मेद्वार बनेका छन् । एमालेले जिल्लाका सबै वडामा आइतबारै उम्मेदवार टुंग्याएको छ भने गठबन्धनमा सोमबार सम्म टुंगिने बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!