2026-10-15 04:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीबाट चन्दनको मेयरमा उम्मेदवारी दिएका जीवन बुढ्थापा को हुन् ?

वैशाख १८, जुम्ला | चन्दननाथ नगरपालिका-२ निवासी जीवन बुढ्थापा माओवादी केन्द्रका युवा नेता हुन् । उनले मेयर पदमा लागि उम्मेदवारी दिएका हुन् । बुढ्थापा २०५६ सालमा माओवादी युद्ध तातिएको समयमा काठमाडौंमा विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दै जाँदा माओवादी निकट विद्यार्थीमा आबद्ध भएका थिए । 

सोही विचारका आधारमा युवा नेता बुढ्थापा कक्षा १० पढेको समयमा माओवादी विचारमा लागेको भन्दै २०५९ सालमा काठमाडौंमा नेपाली सेनाले गिरफ्तार गरेका थिए ।

वि.सं. २०५९ साल असार ३ गते गिरफ्तारी परेर नेपाली सेनाले ४४ दिनपछि नेता बुढ्थापालाई हनुमान ढोकामा जिम्मा लगाएको थियो । बुढ्थापाका अनुसार २२ दिन हनुमानढोका परिसर हुँदै १३ महिना जेल जीवन बिताएका थिए ।

त्यस्तै, शान्ति प्रक्रियापछि माओवादीको विभिन्न पदमा आबद्ध हुँदै आएका बुढ्थापाले काठमाडौंको जिल्ला कमिटी,नेकपा माओवादी केन्द्रको केन्द्रीय आयोजक कमिटी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि, नेकपाको जिल्ला कमिटी हुँदै राजनीतिक क्षेत्रमा कार्यरत हुनुहुन्छ ।

उनी यसअघि कर्णाली माद्यामिक विद्यालय अनामनगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा पनि लोकप्रिय काम गरेको दाबी गरे । उनी व्यवस्थापन समितिको अध्यक्ष हुँदा त्यो विद्यालय नमुना विद्यालय बन्न सफल भएको थियो । यसअघि बुढ्थापाले गरेका सामाजिक क्षेत्रका कार्यले गर्दा मेयर पदमा उम्मेदवारी दिँदा नगरवासीले ठूलो अपेक्षा गरेका छन् ।  बुढ्थापाले भने, ‘यस पटक पार्टीले युवालाई दिएको जिम्मेवारीको पूर्ण पालना गर्ने छु । यस कारण नगरवासीले आफूलाई मत दिने आशा र अनुरोध पनि गर्छु ।’ 

नेपाली कांग्रेस र माओवादीको रोचक प्रतिस्पर्धा हुने 

यस पटक  चन्दननाथ गरपालिकाका नेपाली कांग्रेस र माओवादीको रोचक प्रतिस्पर्धा हुने देखिन्छ । माओवादी र कांग्रेसको मात्रै होइन नेपाली कांग्रेसका बलिया नेता राजुसिंह कठायतको स्वतन्त्र उम्मेदवारी परेपछि कांग्रेसमा तरंग छाएको छ । 

त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट चन्दननाथ नगरपालिकामा नगरप्रमुखका उम्मेदवार जीवन बुढ्थापा मैदानमा उत्रिएका छन् । नगर उपप्रमुखमा पूर्णिमा विक रचनाको उम्मेदवारी परेको छ । माओवादीले युवा नेता बुढ्थापालाई प्राथमिकता दिएपछि नगरपालिकामा चर्चा परिचर्चा हुन थालेको छ ।

स्थानीय तह २०७४ को निर्वाचनमा मेयर नेपाली कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रले विजयी हासिल पारेको थियो । माओवादीले युवा नेता बुढ्थापालाई नगरप्रमुखको टिकट दिएर मैदानमा उत्रेपछि नगरपालिकामा आफ्नो नेतृत्वको माओवादी केन्द्र पार्टी विजय हुने उनको दाबी  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने