2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवा विराटनगर जाँदै, चुनावी सभालाई सम्बोधन गर्ने

वैशाख २१, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ को राजधानी विराटनगर जाँदैछन् । चुनावी सभालाई सम्बोधन गर्न उनी जान लागेका हुन् । देउवाको सचिवालयले जनाएअनुसार उनी १० बजेपछि विराटनगर जाने छन् । 

कांग्रेसका मोरङ सभापति डिकबहादुर लिम्बुले मध्यान्ह १२ बजे विराटनगरको पुष्पलाल चोकमा चुनावी सभा आयोजना गरिएको बताए । 

सभालाई पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइरालालगायतले पनि सम्बोधन गर्ने सभापति लिम्बुले जानकारी दिए । 

विराटनगर प्रदेश १ को एक मात्र महानगरपालिका हो । त्यहाँ पाँच दलीय गठबन्धनबाट नागेश कोइराला प्रमुख पदका उम्मेदवार छन् । उनी कांग्रेसका हुन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले तय गरेको कार्यक्रमअन्तर्गत कोइरालाको प्रचार हुनेगरी चुनावी सभा हुन लागेको हो । 

कांग्रेसले २७ वैशाखसम्ममा १० ठाउँमा कार्यक्रम गर्ने जनाएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते