2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले पाँच वर्षमा काठमाडौंमा के के गर्‍यो जवाफ दिनुपर्छ : गगन थापा

वैशाख २२, काठमाडौं | कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताएका हुन् । 

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकाको जिम्मा पाएको एमालेले के के गरेको जवाफ खोज्नुपर्ने उनको भनाइ छ । ‘२०७४ सालको चुनावबाट काठमाडौं महानगरको जिम्मा एमालेले पायो,’ उनले भने, ‘यो पाँँच वर्षमा एमालेले के के ग¥यो ? यसको जवाफ माग्नुपर्छ र एमालेले दिनुपर्छ ।’ 

कांग्रेसबाट महानगर मेयरको उम्मेदवार बनेकी सृजना सिंहले विजयी भएपछि अर्काे चुनावमा कांग्रेसले यो यो ग¥यो भनेर जवाफ दिनुपर्ने बताए ।

दलहरूलाई जवाफदेही बनाउने गरी नागरिकलाई बुझाउन कार्यकर्तालाई निर्देशन दिएका महामन्त्री थापाले निर्वाचनका लागि सक्रिय भएर लाग्न आग्रह गरे । आफ्ना उम्मेदवार जिताउन मतदातालाई आग्रह गर्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 

आफ्नो आवेग र असन्तुष्टिलाई बिर्सेर कांग्रेस उम्मेदवारलाई निर्वाचित गराउने गरी काम गर्न उनले आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक