2026-08-29 06:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी गाउँपालिका: प्रतिष्ठाको मत माग्दै समाजवादी, कांग्रेसले इमान्दारिताको दाग मेट्ला ?

वैशाख २६, धादिङ । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि धादिङको ज्वालामुखी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनले उम्मेदवार उठाएको छ । यसका अलावा ७ वडा रहेको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ७ बाहेक अन्य वडाहरुमा गठबन्धन बिनै चुनावी प्रतिष्पर्धा हुने भएको छ । 

ज्वालामुखीको प्रमुख पदमा नेपाली कांग्रेसले गठबन्धनबाट उम्मेदवार उठाउँदै गर्दा उसको प्रतिष्पर्धा नेकपा एमालेका उम्मेदवारसँग हुनेछ । त्यस्तै गठबन्धनबाट पालिकाको उपप्रमुखमा एकीकृत समाजवादीको उम्मेदवार उठाइएको छ । गाउँपालिकामा गठबन्धन दलहरुले इमान्दारिताका साथ प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुलाई मतदान गरे दुवै पद जित्न सक्ने दावी छ । त्यसो त यस अघिको स्थानिय तह निर्वाचनमा यस पालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले प्रमुख र उपप्रमुख पदमा गठबन्धन गरेरै निर्वाचन लडेका थिए । तर नतिजा आउँदा कांग्रेस उम्मेदवार गाउँपालिकाको प्रमुख बन्न पुगे भने माओवादीका उम्मेदवार पराजित हुन पुगे । जसको फाइदा नेकपा एमालेले लियो ।  यो पटक पनि त्यस्तै इतिहाँस दोहिरिनेमा एमाले खेमा आशावादी छन् । 

गठबन्धनले एमालेसँग प्रतिष्पर्धा गर्दै-गर्दा यस पटक पनि अघिल्लो निर्वाचनकै नतिजा दोहिरिन सक्ने विश्लेषण भएको छ तर यो पटक त्यस्तो हुन नदिने कांग्रेस सहित गठबन्धन दलहरुको जोड छ । अघिल्लो निर्वाचनमा माओवादीसँग मिलेर निर्वाचनमा उत्रिएको कांग्रेसलाई माओवादीको मतले बिजयी बनाएको तर कांग्रेसले गठबन्धनको मर्यादा बिपरित उपप्रमुख पदमा उम्मेदवार बनेको माओवादीको मतचिन्ह हसिया हथौडामा मतदान नगरेको कारण माओवादीका उम्मेदवार पराजित बनेको आरोप कांग्रेसलाई छ । यस सम्बन्धमा कांग्रेस अर्को पार्टीलाई मतदान गर्न इमान्दार नबनेको आरोप लगाइएको अवस्थामा उक्त दाग यो पटक मेट्न प्रतिबद्धतामा निर्वाचनमा होमिदैछ । यस पालिकामा गठबन्धनका उम्मेदवारहरुलाई माओवादी केन्द्रले समेत मतदान गर्नेछ । 

प्रतिष्ठाको मत माग्दै समाजवादी र माओवादी केन्द्र 

ज्वालामुखी गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा गठबन्धन बनेपनि वडा तहमा भने गठबन्धन पार्टीहरु एक्लाएक्लै भिड्ने भएका छन् । यस क्रममा कांग्रेस-एमाले र समाजवादीबीच प्रतिश्पर्दा हुने भएको छ । ७ नम्बर वडामा गठबन्धन दलहरु मिलेपनि अन्य ६ वडामा कांग्रेस, समाजवादी र माओवादी केन्द्र छुट्टा-छुट्टै भिड्दैछन् । यस्तो अवस्थामा केहि वडामा कांग्रेस र एमाले उम्मेदवारहरुको प्रतिष्पर्धा हुनेछ भने केहिमा समाजवादी समेत कांग्रेस एमालेको प्रतिष्पर्धी बन्नेछन् । एमाले र कांग्रेससँग तुलानात्मक रुपमा कमजोर रहेको वडामा भने समाजवादी र माओवादीले आफ्नो बलियो अवस्था देखाउन चाहिरहेका छन् । एक स्थानिय नेताले भने ‘गठबन्धन रहेको ठाउँमा त्यसै अनुसार मत हाल्न दुईमत भएन तर वडामा एक्लै लड्दा आ-आफ्नो चुनाव चिन्हमा मतदान गरिन्छ ।’ ति स्थानिय नेताका अनुसार आफ्नो समर्थनमा रहेका मतदातालाई बहकाउन नजित्ने पार्टीमा किन मतदान गर्ने भन्ने प्रचार गरिएको छ । ति नेताले भने ‘गठबन्धन नगरी वडामा एक्ला-एक्लै लड्दा वडामा आफ्नो प्रतिष्ठा जोगाउन भएपनि आफ्नै मतचिन्हमा मतदान गर्न भनेका छौं ।’ गठबन्धन नभएका वडाहरूमा कांग्रेस वा एमालेलाई मत दिदा आफ्नै पार्टीमा कम जनमत देखिने, पार्टी कमजोर बन्ने र धेरै मत पाएकै पार्टीबाट हेपाई सहनुपर्ने भन्दै आफ्नो बलियो उपस्थिति देखाउनकै लागि भने पनि आफ्नै उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने समाजवादी र माओवादी केन्द्रका स्थानिय नेताहरुको भनाई छ । 

यस अघिको निर्वाचनहरुमा माओवादीको बाक्लो स्थिति देखिएपनि साविकका वडाहरुलाई नेतृत्व गरेका माओवादी नेताहरुको स्वार्थ तथा निर्वाचनको बेला बिभिन्न दलतिर लाग्दा माओवादी कमजोर बन्दै गएर सानो संख्यामा खुम्चिदा  पछिल्लो समय ‘कति छ र माओवादी ?’ भन्ने प्रश्नको हेपाई खानु परेको स्थानिय माओवादी नेताहरुको तर्क छ । यस पटकको निर्वाचनमा पनि हारको मानसिकता बोकेर प्रतिष्पर्धी दलका उम्मेदवारहरुलाई मतदान गर्दा पार्टीनै कम्जोर हुने र हेपाई सहनुपर्ने समाजवादीका नेताहरुको तर्क छ । त्यसैले जति सकिन्छ आफ्नो पक्षमा मत ल्याएर पार्टीको बलियो उपस्थिति देखाउन माओवादी केन्द्र र एकीकृत समाजवादी लागी पर्नुपर्ने बहश गाउपालिका अन्तर्गत वडाहरुमा चलेको छ । 

यता एमाले भने वडा तहमा गठबन्धन तोडिएर एक्लाएक्लै लड्दा त्यसको फाइदा आफूहरुलाई हुनेमा ढुक्क देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो