भदौ १७, पर्वत । नेपाल महिला संघ, पर्वत क्षेत्र नम्वर दुईको अधिवेशन सम्पन्न, सर्व सम्मतिले यामकला शर्मा अध्यक्ष निर्वाचित नेपाल महिला संघ पर्वत क्षेत्र नम्वर दुईको अधिवेशन यामकला शर्माको अध्यक्षतामा एघारा सदस्यीय क्षेत्रिय कार्य समिति गठन गर्दै विहिवार पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, पर्वत । नेपाल महिला संघ, पर्वत क्षेत्र नम्वर दुईको अधिवेशन सम्पन्न, सर्व सम्मतिले यामकला शर्मा अध्यक्ष निर्वाचित नेपाल महिला संघ पर्वत क्षेत्र नम्वर दुईको अधिवेशन यामकला शर्माको अध्यक्षतामा एघारा सदस्यीय क्षेत्रिय कार्य समिति गठन गर्दै विहिवार पर"/>
2026-07-10 12:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल महिला संघ पर्वत क्षेत्र नम्बर २ को अधिवेशन सम्पन्न

2016-09-02

भदौ १७, पर्वत । नेपाल महिला संघ, पर्वत क्षेत्र नम्वर दुईको अधिवेशन सम्पन्न, सर्व सम्मतिले यामकला शर्मा अध्यक्ष निर्वाचित नेपाल महिला संघ पर्वत क्षेत्र नम्वर दुईको अधिवेशन यामकला शर्माको अध्यक्षतामा एघारा सदस्यीय क्षेत्रिय कार्य समिति गठन गर्दै विहिवार पर्वत सदरमुकाम कुश्मावजारमा सम्पन्न भएको छ ।

समितिका अन्य पदाधिकारीहरुमा सचिव तुलसी तिवारी, कोषाध्यक्षमा मिना पाठक क्षेत्री निर्विरोध चयन हुनुभएको छ । यसैगरी समितिका सदस्यहरुमा खेम कुमारी अधिकारी, संझना पाठक, पार्वती पराजुली, नैन कुमारी हमाल, डिला गिरी, सावित्री देवी शर्मा, गंगा कुमारी थापा र रेखा भुषाल हुनुहुन्छ । यसैगरी क्षेत्रिय अधिवेशनले आठ जना महाधिवेसन प्रतिनिधी समेत सर्वसम्मतीले चयन गरेको छ ।

महाधिवेशन प्रतिनिधीहरुमा दलितवाट विन्दुकुमारी रम्तेल नेपाली, जनजातिवाट पार्वती श्रेष्ठ र अल्पसंख्यकवाट सनम वेगम साहारा चयन हुनु भएको छ । खुल्ला महाधिवेशन सदस्यहरुमा रेखा गुरुङ, ज्ञानु शर्मा, मेघमायाँ गुरुङ, मायाँ पाठक र राधा कुमारी कुँवर रहनु भएको पर्वत क्षेत नम्वर दुईका मतदान अधिकृत पार्वती उपाध्याले वताउनु भयो । क्षेत्र नम्वर एकको अधिवेशनको प्रक्रिया संचालन भईरहेको र आज वेलुकासम्म नेतृत्व चयन हुने क्षेत्र नम्वर एकका मतदान अधिकृत शोभा मल्लले वताउनु भएको छ ।

 दुवै क्षेत्रको अधिवेशन सम्पन्न भए पश्चात तेश्रो जिल्ला अधिवेशनको प्रक्रिया अगाडी वढने जिल्ला निर्वाचन समितिका संयोजक, डिएलए पर्वतका अध्यक्ष विश्वप्रकाश प्रसाईले वताउनु भयो । नेपाल महिला संघ, पर्वतको नेतृत्वका लागी वर्तमान अध्यक्ष जोगमाया प्रसाई, केन्द्रीय सदस्य ललितकला गुरुङ, सहअध्यक्ष लालकुमारी सि.के. रेखा गुरुङ, चित्रकला शर्मा लगायत अध्यक्ष पदमा उम्मेदवार वन्ने चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल