Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवाको चार पालिकामा मतगणना जारी, कांग्रेसको अग्रता

२०७९, ३१ बैशाख शनिबार ०७:४०

वैशाख ३१, रसुवा | शुक्रबार सम्पन्न स्थानीय तहको निवार्चनको रसुवामा मतगणना जारी छ । जिल्लाकाे पाँचवटा गाउँपालिकामध्ये चार वटाको मतगणना चलिरहेको छ । शनिबार बिहान ११ बजेसम्मको तथ्यांकअनुसार आमाछोदिङ्मो, नौकुण्ड र उत्तरगयामा नेपाली कांग्रेस तथा कालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

कालिका गाउँपालिकामा आठ सय मत गन्दा अध्यक्षमा चार सय २७ मतसहित माओवादी अगाडि छ भने एक सय ६२ मत ल्याएर कांग्रेसले पछ्याइरहेको छ । उपाध्यक्षमा नेपाली कांग्रेसको दुई सय ९६ र नेकपा एमालेको एक सय ६१ मत छ ।

नौकुण्डमा अध्यक्षमा तीन सय ३० मतका साथ कांग्रेस पहिलो र एक सय २७ मतका साथ एमाले दोस्रो छ । उपाध्यक्षमा जनता समाजवादी पार्टीको दुई सय १० र नेकपा एमालेको ७१ मत छ । उत्तरगयाको अध्यक्षमा चार सय ३३ मतका साथ कांग्रेस पहिलो, तीन सय ९५ मतका साथ एमाले दोस्रो छ । उपाध्यक्षमा कांग्रेसको चार सय ३८ र एमालेको चार सय १२ मत आएको छ ।

आमाछोदिङ्मो गाउँपालिकामा तीन सय ४९ मत सहित कांग्रेस पहिलो र दुई सय ५८ मतका साथ एमालेका अध्यक्ष दोस्रो छन् । उपाध्यक्षमा दुई सय ६४ मतका साथ माओवादी पहिलो र दुई सय ३४ मतका साथ एमाले दोस्रो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश