2026-09-12 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा माओवादीको अग्रता

वैशाख ३१, तनहुँ | तनहुँको दुई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम राखेका छन् । बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा माओवादीका उम्मेदवारहरूले अग्रता कायम गरेका हुन् । 

बन्दीपुरमा एक हजार चार सय मतगणना हुँदा माओवादीबाट अध्यक्षका उम्मेदवार पूर्णसिं थापाले चार सय ७३ र उपाध्यक्ष करुणा गुरुङले चार सय ३८ मत पाएका छन् । 

नेकपा एमालेका अध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर थापाले तीन सय ९६ मत पाएका छन् । यहाँ एमालेले कांग्रेसबाट कारवाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहसँग तालमेल गरेका छन् । जोशी समूहबाट स्वतन्त्र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी केशमाया गुरुङले दुई सय १३ मत पाएकी छिन् ।

नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार ध्रुवलाल प्रधानले तीन सय ९८ र उपाध्यक्षकी उम्मेदवार पञ्चमाया गुरुङले चार सय ६१ मत पाएकी छिन् । 

यस्तै, आँबुखैरेनी गाउँपालिकाको माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार शुक्र चुमानले एक सय, उपाध्यक्षकी उम्मेदवार दुर्गा अर्यालले ७५ मत पाएकी छन् ।  नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार गीरबहादुर थापाले ४३ र उपाध्यक्षका उम्मेदवार पवित्रा गौलीले  ४४ मत पाएकी छिन् । 

एमालेका अध्यक्षका उम्मेदवार ऋषि केसीले ३० र उपाध्यक्षकी उम्मेदवार मीना अधिकारीले ५२ मत पाएकी छिन् । आँबुखैरेनीमा दुई सय  मतगणना भएको छ ।

शुक्लागण्डकी नगरपालिकामा पनि मतगणना सुरु भएको छ । मेयरमा नेपाली कांग्रेसका कृष्णराज पण्डितले अग्रता सुरु गरेका छन् । वडा नम्बर १ को सय मतगणना हुँदा पण्डितले ४९ मत पाएका छन् । यहाँ कांग्रेस र माओवादीको गठबन्धन छ । उपमेयरका उम्मेदवार माओवादी केन्द्रका खुमबहादुर विक (राजु) ले २९ मत पाएका छन् । 

नेकपा एमालेका मेयरका उम्मेदवार मुक्ति तिम्सिनाले ४५ र उपमेयरकी उम्मेदवार फुलमाया वाग्लेले ४५ मत पाएकी छन् । यस्तै, वडाध्यक्षमा नेपाली कांग्रेसका रवीचन्द्र पौडेलले ५० र एमालेका रघुनाथ पौडेल ४५ मत पाएका छन् । शुक्लागण्डकी नगरपालिकाको चार स्थानबाट मतगणना हुँदैछ ।  १२ बजेपछाडि मतगणना थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा