भदौ १७, काठमाडौं । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको शुक्रबारको बैठकमा उपप्रधानमन्त्रीहरु बिमेलेन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौं । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको शुक्रबारको बैठकमा उपप्रधानमन्त्रीहरु बिमेलेन्"/>
२ पुष २०८२, बुधबार
काठमाडौँ - KTM

भारत र चीनलाई दिएको पत्रमा आन्तरिक मामिला जोडिएको थिएन

१७ भाद्र २०७३, शुक्रबार ०९:२७

भदौ १७, काठमाडौं । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको शुक्रबारको बैठकमा उपप्रधानमन्त्रीहरु बिमेलेन्द्र निधि र कृष्णबहादुर महराले भारत र चीनमा दिइएको पत्रमा नेपालको आन्तरिक मामिलासँग जोडिएको कुनै कुरा उल्लेख नरहेको बताउनुभएको छ । 

बैठकमा उपप्रधानमन्त्रीद्वयले राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी र चीनका राष्ट्रपति सी जिङ पीङलाई नेपालको राजकीय भ्रमणका लागि पठाउनुभएको निमन्त्रणापत्र आफूहरुले सम्बन्धित मुलुकमा हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

उहाँहरुले भन्नुभयो, ‘प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रुपमा जाँदा आफूहरुले दुईवटा पत्र लिएर गएको, एउटा पत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारत र चीनका राष्ट्रपतिलाई नेपालको राजकीय भ्रमणका लागि पठाउनुभएको निमन्त्रणापत्र थियो भने अर्को प्रधानमन्त्री दाहालले आफूहरुलाई विशेषदूतका रुपमा चयन गरेर पठाएको व्यहोराको पत्र मात्र हो, त्यसमा अरु कुनै विषय उल्लेख थिएन ।’ 

प्रमुख प्रतिपक्ष दलले भनेजस्तो तथा केही सञ्चारमाध्यममा आएजस्तो नेपालको आन्तरिक मामिलासँग जोडिएका कुनै विषयवस्तु पत्रमा उल्लेख नै नरहेको बताउँदै उहाँहरुले भन्नुभयो, ‘दुवै छिमेकी मुलुकसँग नेपालको रहिआएको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ तुल्याएर निरन्तर रुपमा अघि बढाउने विषयमा हाम्रा भ्रमणले योगदान पु¥याएको छ । 

यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको संविधान, संयुक्त राष्ट्र सङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्तका आधारमा छिमेकी भारत र चीनलगायतका मुलुकसँगको कूटनीतिक सम्बन्ध थप सुमधुर र सुदृढ तुल्याउन सरकारलाई निर्देशन दिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएसँगै उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई प्रधानमन्त्रीको विशेष दूतका रुपमा भारत र चीन पठाउनुपर्नाको कारण र पत्रमा उल्लेख भएको विषयवस्तुका बारेमा सरकारबाट जानकारी लिएपछि समितिको शुक्रबारको बैठकले उक्त निर्देशन दिएको हो । 

अवसरमा उपप्रधानमन्त्री निधिले विशेषदूतका रुपमा आफूले गरेको भारतको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ र विस्तार हुन गई निकट भविष्यमै भारतीय राष्ट्रपतिको नेपाल भ्रमण तथा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालको भारत भ्रमण हुने सुनिश्चितता प्रदान गरेको बताउनुभयो । 

अर्का उपप्रधानमन्त्री महराले चिनियाँ उच्च अधिकारीसँग आपसी हित र चासोका साथै संविधान कार्यान्वयन, असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन र संविधानको स्वीकार्यतालाई बढाउन भइरहेको प्रयास, शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउने वर्तमान सरकारका प्राथमिकता विषयमा विचारविमर्श भएको बताउनुभयो । 

परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले दुवै छिमेकी मुलुकमा राजदूत नभएको, परराष्ट्र मन्त्रीसमेत नियुक्त नभएको अवस्थामा नयाँ सरकारले छिमेकीसँग सम्बन्ध सुदृढ तुल्याउन र सरकारको प्राथमिकताका बारेमा विशेष दूत पठाउने परम्परा संसारभर नै रहेको छ भन्नुभयो । 

उहाँहरुले विशेष प्रतिनिधि खटाइएको विषयलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट ठीक भएको प्रतिक्रिया आएको जनाउँदै पत्रका बारेमा अनेक आशङ्का नगर्न सुझाव दिनुभयो । 

यसअघि बैठकमा सांसदले के त्यस्तो अचानक सङ्कटको स्थिति सिर्जना भयो र उपप्रधानमन्त्रीजस्तो माथिल्लो तहको व्यक्तिलाई विशेषदूतका रुपमा खटाउनुपरेको हो, यसले हाम्रो परराष्ट्र नीतिलाई हलुका बनाएको छ, हस्तान्तरण गरिएको पत्रबारे समितिलाई जानकारी गराउनुप¥यो भनी माग गर्नुभएको थियो । 

संविधान संशोधन गर्नेजस्तो नितान्त सार्वभौम संसद्को विषयवस्तु पत्रमा जोडिएको भनेर आएका समाचारका बारेमा स्पष्ट गर्न माग गर्दै उहाँहरुले सामान्य ‘ब्रिफिङ’ गरे पुग्ने विषयमा उपप्रधानमन्त्री किन खटाइयो त भनी जिज्ञासा राख्नुभएको थियो । 

केही सांसदले भने राजनीतिक आग्रह र पूर्वाग्रहबाट उठेर कुरा राख्ने हो भने नयाँ सरकारका प्राथमिकताका बारेमा जानकारी गराउने तथा सम्बन्ध सुदृढ तुल्याउन उपप्रधानमन्त्रीलाई खटाउने सरकारको निर्णय परिपक्व, सही, सकारात्मक र सटिक भएको भनी स्वागत गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता