भदौ १७, काठमाडौँ । नेपाल चिकित्सक सङ्घको उपत्यका बाहिरको चुनाव आजबाट सुरु भएको छ । आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि सङ्घको चुनाव उपत्यका र जिल्ला गरी दुई चरणमा हुने तालिकाअनुसार आज र भोलि हुन लागेको हो । 

उपत्यका बाहिर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ । नेपाल चिकित्सक सङ्घको उपत्यका बाहिरको चुनाव आजबाट सुरु भएको छ । आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि सङ्घको चुनाव उपत्यका र जिल्ला गरी दुई चरणमा हुने तालिकाअनुसार आज र भोलि हुन लागेको हो । 

उपत्यका बाहिर "/>

2026-07-06 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिकित्सक सङ्घको निर्वाचन आजबाट सुरु

2016-09-02

भदौ १७, काठमाडौँ । नेपाल चिकित्सक सङ्घको उपत्यका बाहिरको चुनाव आजबाट सुरु भएको छ । आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि सङ्घको चुनाव उपत्यका र जिल्ला गरी दुई चरणमा हुने तालिकाअनुसार आज र भोलि हुन लागेको हो । 

उपत्यका बाहिर आज र भोलि चुनाव भएपछि उपत्यकामा यही भदौ २१ देखि २५ गतेसम्म हुनेछ । आज र भोलि झापा, विराटनगर, धरान, जनकपुर, लहान, राजविराज र वीरगन्ज, चितवन, बुटवल, पोखरा, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढी र जुम्लामा निर्वाचन भइरहेको छ । 

सङ्घको १३ पदाधिकारीका लागि दुईवटा प्यानलबाट २६ र एक स्वतन्त्र गरी २७ जनाको उम्मेदवारी परेको छ । कोसीमा एकजनाको स्वतन्त्र उम्मेदवारी परेको हो । निर्वाचन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । 

सङ्घमा हाल पाँच हजार ३०५ जना मतदाता रहेका छन् । मध्ये उपत्यका बाहिरको मतदाता सङ्ख्या एक हजार ५००को हाराहारीमा रहेको छ । नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका दुई चरणको निर्वाचनमा प्रजातान्त्रिक चिकित्सक समूह र पेसागत समावेशी चिकित्सक समूह र प्रतिस्पर्धामा छन् । 

तीन वर्ष कार्यकालका लागि १३ सदस्यीय कार्यसमितिका निम्ति दुवै समूह उम्मेदवारी घोषणा गरेर निर्वाचन प्रचारप्रसारमा लागेका छन् । काँगे्रस निकट मानिएको प्रजातान्त्रिक समूहबाट डा मुक्तिराम श्रेष्ठ र पेसागत समावेशी चिकित्सक समूहबाट डा रमेश ढकाल अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रनुभएको छ । 

यसैगरी प्रजान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा डा ढुण्डी पौडेल, उपाध्यक्षमा डा मुकुन्द दाहाल, महासचिवमा डा लोचन कार्की, कोषाध्यक्षमा डा रश्मीप्रसाद यादव, सहसचिवमा डा अभिमन्यु झा र सहकोषाध्यक्षमा डा प्रकाश बुढाथोकी रहनुभएको छ भने समावेशी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा डा सन्तोष पौडेल, उपाध्यक्षमा डा सिवेन्द्र झा, महासचिवमा डा अजयकुमार मिश्र, कोषाध्यक्षमा डा रक्षा श्रेष्ठ, सहसचिवमा डा शैलेशमणि पोखरेल र सहकोषाध्यक्षमा समीर शर्माले चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

अध्यक्षका प्रतिस्पर्धी डा मुक्तिराम श्रेष्ठले संविधानले व्यवस्था गरेअनुसार स्वास्थ्य सेवा सबैको अधिकार भएकाले त्यसको कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । उहाँले चिकित्सक र स्वास्थ्य संस्थाको सुरक्षाका लागि अगाडि बढी र चिकित्सक र बिरामीबीचको सम्बन्ध सुधार्न आवश्यक भएकाले त्यसतर्फ लाग्ने उल्लेख गर्नुभयो । 

अर्का अध्यक्षका प्रतिस्पर्धी डा रमेश ढकालले स्वास्थ्य क्षेत्रमा रहेका विसङ्गतिलाई हटाउन आफूले उम्मेदवारी दिएको बताउनुभयो । चिकित्सा पेसामा परिवर्तन गर्न आवश्यक रहेकाले त्यसका लागि लाग्ने उहाँको भनाइ छ । 

विसं २००७ मा स्थापित सङ्घमा अहिलेसम्म प्रजातान्त्रिक प्यानलले चुनाव जित्दै आएको छ । यसपटक पनि दुई तिहाइ बहुमतले जित्ने डा श्रेष्ठले बताउनुभयो । देशभर १७ हजार चिकित्सक भए पनि सबैलाई सङ्घमा आबद्ध गराउनु दुवै प्रतिस्पर्धी समूहका लागि चुनौतीको विषय हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै