एमाले सचिव तथा पुर्वमन्त्रीका पति वडा सदस्यमै पराजित

साझासवाल
1 Min Read

जेठ १, काठमाडौँ । नेकपा एमालेका सचिव पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार बनेका थिए । उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् । पराजित भएपछि पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो । सबै साथीहरु धैर्य बनौं ।’

पौडेलले ६४५ मत पाएर वडा सदस्यमा पराजित बन्दा नेपाली कांग्रेसका सम्भव अर्यालले १ हजार ११२ मत ल्याएका छन् ।

माथिको तश्वीरमा: नेकपा एमालेका सचिव पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल ।

Share This Article
Leave a Comment

Leave a Reply