रसुवाको गोसाईंकुण्ड गाउँपालिका ५ मा एमाले प्यानल नै विजयी

साझासवाल

<p><b>जेठ १, रसुवा | </b>रसुवाको गोसाईंकुण्ड गाउँपालिका ५ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ ।<br></p><p>नेपाली एमालेका दावा मिङमार तामाङले ७ सय ७८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ङवाङदोर्जे तामाङले ७ सय २५ मत ल्याए ।&nbsp;</p><p>रसुवाको गोसाईंकुण्ड गाउँपालिका ५ को वडा सदस्यमा कामी छिरिङ तामाङ, महिला सदस्यमा विविरानी तामाङ, डोल्मा याङजेन तामाङ र दलित महिला सदस्यमा कान्छी लाटी कामिनी विजयी भएका छन् ।</p>

Leave a Comment

Leave a Reply