<p><b>जेठ १, काठमाडौँ ।</b> नवलपरासीको बुलिङटार गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपेन्द्र सुनारी मगर बिजयी भएका छन् । उनले ४०५९ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शशिकिरण वस्ताकोटीले ३९०० सय मत प्राप्त गरे । <br></p><p>नवनिर्वाचित गाउँपालिकाका अध्यक्ष सुनारी मगर पेसाले इन्जिनियर समेत हुन् । </p><p>बुलिङटारको उपाध्यक्ष पदमा कांग्रेसकी दिलमाया रानाले ४ हजार ५ सय १५ मतसहित विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी एमालेकी भूमिका खण्डलुकले ३ हजार ५ सय १५ मत प्राप्त गरिन् । </p>
