2026-10-15 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्वालामुखी गाउँपालिकाका ४ वडाको मतगणना सम्पन्न हुँदा यस्तो छ मतपरिणामको अवस्था (अपडेट)

जेठ २, काठमाडौँ । ज्वालामुखि गाउँपालिका प्रमुख र उप प्रमुख पदमा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिईरहेका छन् । १, २, ३ र ४ नम्वर वडाको मतगणना सम्पन्न भई ५ को मत गणना जारी रहँदा पालिकाका प्रमुख पदमा नेपाली कांग्रेसका यामनाथ दनैले ४८९३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी एमालेका हरिराम लोहनीले ३२३९ मत पाएका छन् । 

त्यस्तै पालिकाको उप-प्रमुख पदमा गठबन्धनकै उम्मेदवार एकीकृत समाजवादीका धर्म बहादुर अर्यालले ३६१४ मत प्राप्त गरि अग्रता लिईरहेका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेकि चन्द्र कुमारी अधिकारीले २६४१ मत प्राप्त गरेकी छन् । त्यस्तै उपाध्यक्ष पदमै उम्मेदवार बनेकी माओवादी केन्द्रकि लक्ष्मी थापा मगरले १४७८ मत प्राप्त गरेकी छन् । 

ज्वालामुखी १ मा एमाले उम्मेदवार ७ मतको अन्तरले बिजयी 

ज्वालामुखी १ मा एमालेका वडा अध्यक्ष उम्मेदवार कृष्ण गिरि ५०२ मत पाएर बिजयी बनेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवारलाई ७ मतको अन्तरले पराजित गरेका हुन् । 

ज्वालामुखी १ मा एमालेकी शर्मिला भारती खनाल महिला सदस्य पदमा बिजयी बन्दा एमालेबाटै दलित महिला सदस्यामा सिता परियार बिजयी बनेकी छन् । त्यस्तै वडा सदस्यहरुमा कांग्रेसका भोजनारायण श्रेष्ठ र एमालेका बाबुकाजि तिवारी बिजयी भएका छन् । 

ज्वालामुखी २ मा नेपाली कांग्रेसका उम्मेदवार ३ मतको अन्तरले बिजयी 

ज्वालामुखी २ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार राजु लोप्पा ६२० मत पाएर बिजयी बनेका छन् । उनले माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवारलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । यस वडामा कांग्रेसको प्यानलनै बिजयी भएको हो ।

ज्वालामुखी ३ मा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ बिजयी 

ज्वालामुखी ३ मा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ बिजयी भएका छन् । बिजयी श्रेष्ठले ११३२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका रुद्रमान श्रेष्ठले १०२३ मत प्राप्त गरे ।

यस वडाबाट २०७४ को स्थानिय निकायको निर्वाचनमा एमालेका रुद्रमान श्रेष्ठ वडाअध्यक्ष पदमा विजयी भएका थिए । त्यतिबेला माओवादी केन्द्रबाट निर्वाचनमा उठेका उमेश श्रेष्ठ पराजित भएका थिए । बिजयी श्रेष्ठ एक वर्ष अघि मात्र नेपाली काँग्रेस प्रवेश गरेका थिए । 

३ नम्वर वडामा महिला वडा सदस्यमा एमालेकी शान्ता भट्ट बिजयी भइन् । त्यस्तै दलित महिला सदस्यमा नेपाली कांग्रेसकि जुठी परियार बिजयी भइन् । त्यस्तै वडा सदस्यहरुमा नेपाली कांग्रेसकै सुनिल अर्याल र सुर्य बहादुर आले मगर बिजयी भएका छन् । 

ज्वालामुखी ४ मा स्वतन्त्र उम्मेदवार दोब्बर बढी मतले बिजयी 

ज्वालामुखी ४ मा स्वतन्त्र उम्मेदवार बनेर खरायो चिन्ह पाएका कृष्ण बहादुर गुरुङ्ग बिजयी भएका छन् । नेपाली कांग्रेसबाट बागी उठेका गुरुङले कांग्रेसकै आधिकारिक उम्मेदवार कृष्णलाल श्रेष्ठलाई दोब्बर भन्दा बढी मतले पराजित गराएका हुन् । 

कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेका गुरुङले ११०३ मत ल्याएका छन् भने गुरुङका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका ताराबहादुर अर्यालले ५९४ मत प्राप्त गरेका छन् ।

यस वडाको सदस्यहरुमा सबै कांग्रेसले जितेको छ । वडामा महिला वडा सदस्यमा पंफा दुवाडी, दलित महिला सदस्यमा देवकी दमै, र वडा सदस्यहरुमा बेल वहादुर तामाङ र श्रीराम शाह बिजयी भएका छन् । 

अहिले वडा नम्वर ५ को मत गणना जारी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने