२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पार्टी अल्पमतमा परेको भन्दै रसुवामा माओवादी केन्द्रका पालिका इन्चार्जले दिए राजीनामा

३ जेष्ठ २०७९, मंगलवार ०७:२४

जेठ २, रसुवा | रसुवाको कालिका गाउँपालिकामा पार्टीका उम्मेदवार विजयी गराउन नसकेपछि नेकपा माओवादी केन्द्र कालिकाका इन्चार्ज अर्जुनप्रसाद देवकोटाले राजीनामा दिएका छन् । उनले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको टिकटमा आन्तरिक प्रतिस्पर्धा हुँदा अल्पमतमा परेको र निर्वाचनमा पार्टीको उम्मेदवार विजयी गराउन नसकेकाले नैतिकताको आधारमा राजीनामा दिएको बताए ।


कालिकामा एउटा वडामा माओवादी केन्द्रले प्यानलै जितेको थियो । बाँकी ४ वटा वडामा नेपाली कांग्रेस विजयी भयाे । माओवादी केन्द्रले पालिकामा नेकपा एससँग गठबन्धन गरेको भए पनि पालिका अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा पराजय भोग्न पर्‍यो।

कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा हरिकृष्ण देवकोटाले २६२२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले २२८३ मत पाए । 

माओवादीका उम्मेदवार सोमबहादुर तामाङले १५२२ मतसहित तेस्रो भए । उपाध्यक्षमा कांग्रेसकी मिरा लामाले २८१० मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्टले २००२ मत पाइन् ।  यस्तै, नेकपा समाजवादीका उम्मेदवार विष्णुप्रसाद देवकोटाले १ हजार ४० मत सहित तेस्रो नै भए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’