१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका यमनाथ दनै

३ जेष्ठ २०७९, मंगलवार ०७:५५

जेठ ३, काठमाडौँ । ज्वालामुखी गाउँपालिकाका ७ वडा मध्ये ६ नम्वरसम्मको मत गणना सम्पन्न भई अन्तिम वडाको मतगणना जारी रहँदा ६ वडासम्मको मतको योगफल र गन्न बाँकी मतको आधारमा गाउँपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार यमनाथ दनै बिजयी हुने पक्का भई सकेको छ । मतगणना सम्पन्न भई बिजयी घोषणा हुन भने बाँकी छ । 

मत गणना जारी रहेको वडा नम्वर ७ बाट शुन्य मतनै पाए पनि दनैले गाउँपालिका अध्यक्ष पद जितिसकेका छन् । दनैले वडा नम्वर ६ सम्मको मतगणना जोड्दा ६८९४ मत पाएका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका हरेराम लोहनीले ४७०६ मत पाएका छन् । दुई प्रतिष्पर्धीको मतको मतान्तर २१८८ रहेको छ । गाउँपालिकाको अब गन्न बाँकी वडा नम्वर ७ को पुरा खसेको मत २०१० मात्र रहेको अवस्थामा मतान्तर भन्दा अब गन्ने मत थोरै छ । यस अर्थमा वडा नम्वर ७ बाट शुन्य मत पाएपनि गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका यमनाथ दनै बिजयी भईसकेका छन् । गाउँपालिका प्रमुखमा उम्मेदवार कांग्रेसका यमनाथ दनै गठबन्धनको साझा उम्मेदवार हुन् । उनलाई कांग्रेस र एकीकृत समाजवादीले समर्थन गरेका छन् ।

तश्वीरमा: यामनाथ दनै । 

गाउँपालिकाको उपप्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धर्म बहादुर अर्यालले ५४०६ मत पाएका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेकी उम्मेदवार चन्द्र कुमारी अधिकारीले ३९८७ मत पाएकी छन् । उनीहरुबीच १४१९ मतको अन्तर छ । २०१० मत मात्र गन्न बाँकी छँदा १४१९ मतले अग्रता लिएका अर्याललाई नेकपा एमालेकी उम्मेदवार चन्द्र कुमारी अधिकारीले जित्ने सम्भावना निकै न्यून छ । 

त्यस्तै पालिका उपा-ध्यक्षमा माओवादी केन्द्रकि उम्मेदवार लक्ष्मी थापा मगर पराजित भई सकेकी छन् । उनले वडा नम्वर ६ सम्मको मत परिणामकै आधारमा १३०३ मत मात्र पाएकी छन् । 

ज्वालामुखी गाउँपालिकाको १ नम्वर वडा अध्यक्षमा नेकपा एमाले बिजयी हुँदा २, ३, ५ र ६ मा नेपाली कांग्रेस बिजयी भई सकेको छ । वडा नम्वर ४ मा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार