भदौ १७, इटहरी । नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले निलो पहिरनमा सजिएका तरुण युवाको दस्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, इटहरी । नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले निलो पहिरनमा सजिएका तरुण युवाको दस्त"/>
2026-07-06 05:02 AM
काठमाडौँ - KTM

युवा अघिबढे आमूल परिवर्तन सम्भव: मन्त्री खाँण

2016-09-02

भदौ १७, इटहरी । नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले निलो पहिरनमा सजिएका तरुण युवाको दस्ताले सङ्गठित भएर अघिबढे देश आमूल परिवर्तन एवम् विकास सम्भव हुने कुरामा जोड दिनुभएको छ । 

नेपाली काँग्रेसको केन्द्रीय सदस्यसमेत रहनुभएका रक्षामन्त्री खाँणले आज सुनसरी तरुणको धरानमा आयोजित चौथो जिल्ला अधिवेशन समारोहको उद्घाटनपछि बोल्नुहुँदा सो कुरा बताउनु भएको हो । 

रक्षामन्त्री खाँणले स्व बिपी र गिरिजाप्रसाद कोइरालाको राजनीतिक कर्मभूमि सुनसरी अनि भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनी आफैँमा उच्च सम्मानित जिल्ला भएको टिप्पणी गर्नुहुँदै उहाँले बिपीले अघि सार्नुभएको प्रजातान्त्रिक समाजवादको सिद्धान्तअनुसार देशलाई अघि बढाउन तरुण युवा फेरि सक्रिय भएर अघि बढ्न जरुरी रहेकोमा जोड दिनुभएको थियो । 

बिपीले अघि सार्नुभएको विचारको स्मरण गराउनुहुँदै रक्षामन्त्री खाँणले भन्नुभयो, “महामानव बिपीले १५ वर्ष देशमा शासन चलाउने जिम्मेवारी पाउनुभएको भए देश साँच्चै सबै नेपालीले समृद्ध भएको अनुभूति गर्नसक्ने अवस्थामा पुगिसक्ने थियो ।” 

रक्षामन्त्री खाँणले अब नेपाली काँग्रेसभित्र कुनै गुटउपगुट र विभाजित मनस्थिति नभएको तथा त्यस्तो नहोस् भनेर आफूले पार्टीको सभा र बैठकमा विभाजित मन लिएर नबस्न कडाइका साथ कुरा उठाउँदै आएको जानकारी दिनुहुँदै तरुण दलको यो चौथो जिल्ला अधिवेशनले पनि कोही कसैको गुट वा समर्थक बनेर होइन तरुण दल नै भएर सर्वसम्मत नेतृत्व छनोट गर्न पनि उहाँले निर्देशन दिनुभयो । 

अधिवेशन उद्घाटन समारोहमा काँग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा, सांसद रामहरि खतिवडा, सीताराम मेहता, काँग्रेस सुनसरी सभापति राजीव कोइराला, राजीव ढुङ्गाना, ट्रेड युनियन काँग्रेस सभापति खिलाराज दाहाल, विद्यार्थी नेता लक्ष्मी खतिवडा, तिलक राई, विकास केसी, सन्दीप श्रेष्ठ र सरस्वती शाहलगायतले बोल्नुभएको थियो । अधिवेशन उद्घाटन समारोह तरुण दल अध्यक्ष सिजन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै