२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

चाँगुनारायणमा नेमकिपाले खाता खोल्यो

२०७९, ४ जेष्ठ बुधबार ०६:३५

जेठ ४, भक्तपुर | नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुरको चाँगुनारायण नगरपालिकामा पनि खाता खोलेको छ । नगरपालिकाको वडा नं ९ मा उक्त पार्टीले वडा अध्यक्षसहित सम्पूर्ण प्यानलमै विजयी हासिल गरेको हो । वडा अध्यक्षमा गणेश त्यात र सदस्यहरूमा कमला गिरी, सुमित्रा दर्जी, रविन बासुकला र विद्यापति प्वार थापा विजयी भएका हुन् । 

वडा अध्यक्ष त्यात विपक्षी भन्दा निकै फराकिलो अन्तरमा विजयी भएका थिए । उनले एक हजार सात सय ८६ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नौ सय दुई मत ल्याएका थिए । यस वडामा कांग्रेसका वडा अध्यक्षले चार सय ३२ मत ल्याएका थिए ।

यस नगरपालिकामा नौवटा वडाहरू छन् । यस वडामा कांग्रस, एमाले, राप्रपा र नेमकिपाका वडा अध्यक्षहरु जितेका छन् । कांग्रसले वडा नं १, २, ५ र ८ एमालेले ३ र ४, राप्रपाले ६ र ७ र नेमकिपाले ९ वडामा वडा अध्यक्ष जितेको हो ।    

यो नगरपालिकाको मेयरमा नेपाली का‌ंग्रेसका जीवन खत्री विजयी भएका छन् । उपमेयरमा भने एमालेका रमेश वुढाथोकी विजयी भए । यसअघि एमालेका मेयर सोम मिश्र विजयी भएको यो नगरपालिकामा यस पटक कांग्रेसले मेयर हात पारेको हो । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै जीवन मेयरमा विजयी भएका हुन् । 

विना यसअघि नगरपालिकाको उपयेर थिइन् । एमालेबाट मेयरमा विजयी भएका मिश्रले नदोहाेर्‍याइ छोडिदिएपछि एमालेबाट उपमेयरमा विजयी भएकी विनाले मेयरमा टिकट पाएकी थिइन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला