४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

चाँगुनारायणमा नेमकिपाले खाता खोल्यो

४ जेष्ठ २०७९, बुधबार ०६:३५

जेठ ४, भक्तपुर | नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुरको चाँगुनारायण नगरपालिकामा पनि खाता खोलेको छ । नगरपालिकाको वडा नं ९ मा उक्त पार्टीले वडा अध्यक्षसहित सम्पूर्ण प्यानलमै विजयी हासिल गरेको हो । वडा अध्यक्षमा गणेश त्यात र सदस्यहरूमा कमला गिरी, सुमित्रा दर्जी, रविन बासुकला र विद्यापति प्वार थापा विजयी भएका हुन् । 

वडा अध्यक्ष त्यात विपक्षी भन्दा निकै फराकिलो अन्तरमा विजयी भएका थिए । उनले एक हजार सात सय ८६ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नौ सय दुई मत ल्याएका थिए । यस वडामा कांग्रेसका वडा अध्यक्षले चार सय ३२ मत ल्याएका थिए ।

यस नगरपालिकामा नौवटा वडाहरू छन् । यस वडामा कांग्रस, एमाले, राप्रपा र नेमकिपाका वडा अध्यक्षहरु जितेका छन् । कांग्रसले वडा नं १, २, ५ र ८ एमालेले ३ र ४, राप्रपाले ६ र ७ र नेमकिपाले ९ वडामा वडा अध्यक्ष जितेको हो ।    

यो नगरपालिकाको मेयरमा नेपाली का‌ंग्रेसका जीवन खत्री विजयी भएका छन् । उपमेयरमा भने एमालेका रमेश वुढाथोकी विजयी भए । यसअघि एमालेका मेयर सोम मिश्र विजयी भएको यो नगरपालिकामा यस पटक कांग्रेसले मेयर हात पारेको हो । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै जीवन मेयरमा विजयी भएका हुन् । 

विना यसअघि नगरपालिकाको उपयेर थिइन् । एमालेबाट मेयरमा विजयी भएका मिश्रले नदोहाेर्‍याइ छोडिदिएपछि एमालेबाट उपमेयरमा विजयी भएकी विनाले मेयरमा टिकट पाएकी थिइन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ