४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मतगणनामा लफडा : पोखरामा सुरु भयो, धरान र रौतहटमा रोकियो

४ जेष्ठ २०७९, बुधबार ११:४५

जेठ ४, पोखरा | स्थानीय तह निर्वाचनको मत परिणाम गन्ने क्रममा पोखरा, कास्की र रौतहटमा लफडा भएको छ । पोखरा महानगरपालिकाको मतगणनास्थलमा सत्ता गठबन्धनले तोकिएकोभन्दा धेरै प्रतिनिधि राखेको भन्दै नेकपा एमालेका प्रतिनिधिले विरोध गरेपछि लफडा भएको हो ।

अपरान्ह विवादपछि केहीबेर रोकिएको मतगणनामा सहमति जुटेसँगै पुनः सुरु भैसकेको छ । निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गर्दा त्रुटि देखिएपछि बिवाद बढ्दा  रौतहटको ईशनाथ नगरपालिकामा मतगणना रोकिएको छ । विवाद बढेपछि नेकपा (एकीकृत समाजवादी), नेकपा एमाले र नेपाली काँग्रेसका प्रतिनिधिले मतगणना स्थलको कोठामा ताला लगाएको बताएका छन् । मतदान अधिकृतको कार्यालय इशनाथले मंगलबार राति वडा नं. ३ को मतगणना सकिएपछि मतपरिणाम सुनाउने क्रममा त्रुटि गरेको दलका कार्यकर्ताले बताएका छन् ।

धरान उपमहानगरपालिकाको मतगणनाका क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएका १८ वटा मतपत्र भेटिएपछि विवाद भएको छ । विवाद बढेपछि त्यहाँ मतगणना रोकिएको हो । १८ वटा मतपत्रमध्ये ११ वटामा माओवादीको उम्मेदवारलाई मत परेको थियो । उक्त वडामा काँग्रेसका पदम बहादुर लिम्बूले ४ मतान्तरले विजयी भएका थिए । विवाद भएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन । माओवादी केन्द्रका विजय तामाङ उनको निकटतम प्रतिस्पर्धामा छन् ।  दलको नेता तथा उम्मेदवारहरूलाई छलफलका लागि बोलाइएको निर्वाचन अधिकृत गणेश खतिवडाले बताए । बुधबार माओवादीका कार्यकर्ताहरूले मत सदर हुनु पर्ने भन्दै नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ