२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु

५ जेष्ठ २०७९, बिहीबार ०९:०२

जेठ ५, मुगु | छायाँनाथ रारा नगरपालिकाकाे मेयरमा निर्वाचित ३२ वर्षीय  विष्णु कुमार भाम कर्णालीकै कान्छा मेयर पनि हुन् । उनी यसअघि नेपाली कांग्रेस मुगुका पूर्व नगर सभापति हुँदै वडा अध्यक्ष भइसकेका छन् । यसपटक उनी कर्णालीकै सबैभन्दा कान्छा मेयर बनेका छन् ।

उनी ०७४ सालको स्थानीय तह निर्वाचनमा छायानाथ रारा नगरपालिका-४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनले ०६८ सालबाट राजनीतिक यात्रा सुरू गरेका थिए । वडा अध्यक्षमा निर्वाचित भएपछि उनले राज्यबाट प्रदान हुने तलबभत्ता र विभिन्न संघ संस्था बाट प्राप्त हुने भत्ता सामाजिक क्षेत्रमा लगानी गर्ने घाेषाणा गरेका थिए । उनले कल्से कोषको स्थापना पनि गरेका थिए । 

मेयर भामले नगरपालिकाका गरिब, दलित, विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्रीसहित आवश्यकताअनुसार सहयोग गर्दै आएका छन् । 

                    

यस्ता छन् मेयर भामका ऐजेण्डा

१. भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न 

२. ग्रामीण बस्तीहरूको उचित व्यवस्थापन तथा नमुना बस्ती विकास 

३. सुधारिएको खानेपानी सरसफाई, खानेपानी तथा सिंचाई 

४. सडक तथा यातायत सुविधा 

५. गुणस्तरीय शिक्षा तथा नमुना विद्यालय विकास 

६. गुणस्तरीय स्वास्थ्य सेवा 

७. कृषि पशुपालन तथा लघु उद्यम 

८. युवा तथा खेलकुद 

९. लक्षित वर्षको उत्थान तथा सशक्तिकरण 

कान्छा मेयर भामले आफू विनायोजना र भिजन मेयरमा नआएको बताएका छन् । उनी भन्छन्, 'मेरो कार्यकालमा याे गाउँपालिकालाई देशकै नमुना पालिका बनाउँछु ।विदेसिएका युवालाई फिर्ता बाेलाएर स्वरोजगार कार्यक्रम चलाउँछु ।'  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’