२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु

२०७९, ५ जेष्ठ बिहीबार ०९:०२

जेठ ५, मुगु | छायाँनाथ रारा नगरपालिकाकाे मेयरमा निर्वाचित ३२ वर्षीय  विष्णु कुमार भाम कर्णालीकै कान्छा मेयर पनि हुन् । उनी यसअघि नेपाली कांग्रेस मुगुका पूर्व नगर सभापति हुँदै वडा अध्यक्ष भइसकेका छन् । यसपटक उनी कर्णालीकै सबैभन्दा कान्छा मेयर बनेका छन् ।

उनी ०७४ सालको स्थानीय तह निर्वाचनमा छायानाथ रारा नगरपालिका-४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनले ०६८ सालबाट राजनीतिक यात्रा सुरू गरेका थिए । वडा अध्यक्षमा निर्वाचित भएपछि उनले राज्यबाट प्रदान हुने तलबभत्ता र विभिन्न संघ संस्था बाट प्राप्त हुने भत्ता सामाजिक क्षेत्रमा लगानी गर्ने घाेषाणा गरेका थिए । उनले कल्से कोषको स्थापना पनि गरेका थिए । 

मेयर भामले नगरपालिकाका गरिब, दलित, विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्रीसहित आवश्यकताअनुसार सहयोग गर्दै आएका छन् । 

                    

यस्ता छन् मेयर भामका ऐजेण्डा

१. भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न 

२. ग्रामीण बस्तीहरूको उचित व्यवस्थापन तथा नमुना बस्ती विकास 

३. सुधारिएको खानेपानी सरसफाई, खानेपानी तथा सिंचाई 

४. सडक तथा यातायत सुविधा 

५. गुणस्तरीय शिक्षा तथा नमुना विद्यालय विकास 

६. गुणस्तरीय स्वास्थ्य सेवा 

७. कृषि पशुपालन तथा लघु उद्यम 

८. युवा तथा खेलकुद 

९. लक्षित वर्षको उत्थान तथा सशक्तिकरण 

कान्छा मेयर भामले आफू विनायोजना र भिजन मेयरमा नआएको बताएका छन् । उनी भन्छन्, 'मेरो कार्यकालमा याे गाउँपालिकालाई देशकै नमुना पालिका बनाउँछु ।विदेसिएका युवालाई फिर्ता बाेलाएर स्वरोजगार कार्यक्रम चलाउँछु ।'  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने