जेठ ६, ललितपुर | ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । ४२ हजार ६ सय २ मतगणना गर्दा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले २१ हजार ९ सय ४ मत ल्याएका छन् । उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार ५ सय २३ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै राप्रपाका अष्टबहादुर महर्जनले २ हजार १०० मत प्राप्त गरेका छन् |
यस्तै उपप्रमुखमा एमालेकी मन्जली शाक्यले १२ हजार ३ सय ६९ मत ल्याएकी छन् | माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ८ हजार ६ सय ९७ मत ल्याएर पछ्याइरहेका छन् ।
उम्मेदवार नै नभएको रूख चिह्नमा समेत उपमेयरमा ५ हजार ९ सय ३२ मत खसेको छ ।