४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सत्ता गठबन्धन लोकतन्त्र कमजोर बनाउनेतर्फ उद्दत : पूर्वमुख्यमन्त्री शाक्य

१३ जेष्ठ २०७९, शुक्रबार ०८:५६

जेठ १३, हेटौंडा | बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सत्ता गठबन्धन शक्तिको दुरुपयोग गरेर लोकतन्त्र कमजोर बनाउनेतर्फ उद्दत भएको आरोप लगाएकी छिन् । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनमा शुभकामना व्यक्त गर्दै शाक्यले नेकपा एमालेलाई कमजोर बनाएर सत्तारुढ गठबन्धन शक्तिशाली बन्न खोजेको आरोप लगाएकी हुन् ।


उनले बागमतीमा प्रदेश सरकार जनताले महसुस गर्न नपाएको बताएकी हुन् । ‘केन्द्रीय राजधानीमा दैनिक रूपमा विभिन्न घटनाहरू भइरहेका छन् । यस विषयमा प्रदेश सरकार मौन देखिन्छ’, उनले भनिन् ‘काठमाडौं पनि प्रदेशको एउटा जिल्ला हो । त्यहाँको समस्या समाधानमा पनि हाम्रो ध्यान जान जरुरी छ ।’ स्थानीय तह निर्वाचन सकिएसँगै गठबन्धन प्रदेश र संघको चुनावको मिति तोक्न हतारिएको उनले बताइन् ।

‘स्थानीय तहको निर्वाचनमा गठबन्धनले देखाएको चरित्रका कारण हाम्रो निर्वाचन प्रणाली, संघीयता र राजनीतिक दलप्रति नै प्रश्न उठेका छन्, उनले भनिन् ‘एमालेलाई कमजोर बनाएर देश बलियो हुने होइन ।‘ लोकतन्त्र, गणतन्त्र र संघीयता सबैको साझा विषय भएकोले यसलाई जोगाउन उनले आग्रह पनि गरिन् । उनले प्रदेशसभा समितिलाई प्रभावकारी बनाउन जरुरी रहेको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ