भदौ १९,भद्रपुर | सामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९,भद्रपुर | सामा"/>
2026-09-19 01:29 AM
काठमाडौँ - KTM

सबैले गौरव गर्ने कर्मचारीतन्त्र निर्माण गर्छुः सामान्य प्रशासन मन्त्री

भदौ १९,भद्रपुर | सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले नेपाल र नेपालीले गौरव गर्ने कर्मचारीतन्त्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बुढाथोकीले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रलाई अनुशासित र पक्षपातबिहीन बनाएर गौरव गर्ने बनाउने बताएका हुन् ।

प्रेस क्लव, भद्रपुरको संयोजनमा भएको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बुढाथोकीले वर्तमान सरकार संविधान कार्यान्वयनको प्रमुख उद्देश्य राखेर गठन भएको जनाउँदै मधेश समस्या र निर्वाचनका कार्यहरु सम्पन्न हुने दाबी गरे । 

उनले संघीय संरचनालाई निर्वाचनले मात्र आधिकारिक रुपमा पूर्णता दिने भन्दै मधेश समस्या समाधान नभई निर्वाचनको बाटो समेत नखुल्ने तर्क राखे । संघीय संरचना अनुरुप कर्मचारितन्त्र तीन चरणमा विभाजन हुने भन्दै बुढाथोकीले राजनीतिक आस्थाका आधारमा विभेद नहुने समेत प्रष्ट पारे । मन्त्री भएपछि प्रथम पटक झापा आइपुगेका बुढाथोकीलाई भव्य रुपमा स्थानीय नेता कार्यकर्ताले स्वागत समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई