2026-07-25 02:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब ओलीलाई डाक्टर र नर्सले सुनाउँथे सालको पात टपरी हुने…

जेठ २८, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अस्पतालमा उपचाररत हुँदा स्वास्थ्यकर्मीले गीत गायर आफूलाई सुनाउने गरेको स्मरण गरे । स्थानीय तह निर्वाचनमा नेकपा एमालेका पक्षमा जनमत सिर्जना गर्न योगदान गर्ने कलाकारहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीतको महत्त्वका बारेमा चर्चा गरेका हुन् ।

उनले सिर्जनामा शक्ति हुने र आफू बिरामी हुँदा पनि उपचारमा संलग्न डाक्टर र नर्सहरूलाई गीत गाउन लगाउने गरेको स्मरण गरेका हुन् ।

‘तपाईंहरूको सिर्जनाको के अर्थ हुन्छ ? म अप्रेसन गरेर आइसियुमा बसेको थिए । तर, त्यहाँ मैले गाउन जाने पनि नजाने पनि डाक्टर, नर्स र काम गर्ने सबैलाई गीत गाउन लगाउँथे । किनकि बिरामीसँग झगडा गर्न हुँदैन । गाउनै पर्ने थियो,’ ओलीले भने ।

काममा व्यस्त हुँदा पनि उपचारमा संलग्न चिकित्सकहरूले आफूलाई जाँच्नुभन्दा पहिले गीत सुनाउने गरेको बताए । डाक्टर जाँच्न आउँदा पहिले एउटा गीत गाउने, नर्सले कुनै इन्जेक्सन लगाउँदा पहिले गीत गाउने गरेको उनी बताउँछन् ।

ओलीले ‘सालको पात टपरी हुने…’ गीत डाक्टर र नर्सहरुले सुनाउने गरेको बताए । बिरामी अवस्थामा पनि गीत सुन्दा आनन्द हुने गरेको बताउँदै ओलीले मानव जीवनमा संगितको ठूलो महत्त्व रहेको स्मरण गरे । उनले गीत/संगितभन्दा टाढा कोही रहन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक