2026-07-25 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली, देउवा र माधव नेपालमा केही फरक पाईनँ, अब एमालेसँग सहकार्य अघि बढ्छ : झलनाथ खनाल

जेठ ३०, काठमाडौं | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट सुरु भएको छ । खासगरी मन्त्रीहरु हेरफेरबारे पार्टीले लिएको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै सम्मानित नेता खनालले अध्यक्ष नेपालसँग असन्तुष्टि पोखेका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको अवस्थामा पनि अहिलेसम्म नयाँ मन्त्रीहरुको सपथ हुन नसक्नु दुर्भाग्य भएको खनालको गुनासो छ।

उनले मन्त्रीहरुले पनि पार्टी पद्धती र निर्णय नमानेको भन्दै सार्वजनिक रुपमै आलोचना पन गरेका छन्। खासगरी स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच उचित समन्वय नभएको र आफूहरुप्रति कांग्रेस र माओवादी केन्द्र अनुदार बनेको भन्दै खनालले असहमति राख्दै आएका थिए । उनले सार्वजनिक रुपमै आगामी संघीय संसद्को निर्वाचनसम्म वाम गठबन्धन गरेर जानुपर्नेमा जोड दिन थालेका छन् ।

अहिले मन्त्रीहरु हेरफेरको विषय त बहानामात्रै भएको एकीकृत समाजवादीकै नेताहरुको आरोप छ । खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् । उनले आफनो पार्टीले मन्त्रीहरु हेरफेरको निर्णय गरेर प्रधानमन्त्रीसमक्ष नयाँ मन्त्रीहरुको नाम सिफारिश गरेको अवस्थामा किन अहिलेसम्म त्यो निर्णय कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएका छन्। उनले पार्टी पद्धतीमा निर्णय सबैले स्विकार गर्नुपर्नेमा जोड दिएका छन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा खनालले प्रधानमन्त्री देउवा, माधव नेपालपनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै पथमा हिँडेको आरोप लगाए । उनले भने,‘देउवा र माधवजी पनि केपी ओलीभन्दा फरक देखिनुभएन, एउटै कार्यशैली देखियो ।’ खनालले आगामी संसद्को निर्वाचनमा एमालेसँग सहकार्य हुनेगरि छलफल अघि बढेको पनि संकेत गरे । अहिले आफ्नो गृहजिल्ला इलाममा जिससमा एमाले र एकीकृत समाजवादीबीच गठबन्धन बनिसकेको पनि खनालले सुनाए । खनालले पछिल्लो समय वाम गठबन्धनको वकालत गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक